१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २५ बुधबार १६:३४:००
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएल: दिल्ली भर्सेस हैदरवाद, सन्दीप खेल्ने सम्भावना कति?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २५ बुधबार १६:३४:००

इन्डियन प्रिमियर लिग आइपिएलको इलिमिनेरमा बुधबार दिल्ली क्यापिटल्स र सनराएजर्स हैदरावादबीच खेल हुँदै छ । विशाखापट्टनममा हुने खेल नेपाली समयअनुसार राती ७:४५मा सुरु हुने छ । 

समूह चरणमा अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेका दुई टोलीको भेट इलिमिनेटरमा भएको हो ।

आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । विजयी टोलीले क्वालिफायरमा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीको चेन्नाइ सुपर किंग्ससँग प्रतिस्पर्धा गर्ने छ । क्वालिफायर जित्ने टोली फाइनल प्रवेश गर्ने छ, जहाँ मुम्बइ इन्डियन्ससँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । 

समूह चरणमा भेटमा दिल्ली र हैदरवाद दुवैले एक-अर्काविरुद्ध एक एक जित दर्ता गरेका थिए । पहिलो भेटमा हैदरवादले दिल्लीलाई उसकै घरलु मैदानमा ५ विकेटले हराएको थियो । तर, यो हारको बद्ला दिल्लीले हैदारावादको घरेलु मैदानमा नै लियो, हैदरवाद ३९ रनले पराजित भयो । 

दिल्लीको टिममा आज प्रतियोगिताकै सबैभन्दा धेरै विकेट लिने खेलाडी कासिगो रबदा हुनेछैनन् । प्रशिक्षक रिकी पोन्टिङ र कप्तान श्रेयस ऐयरले आज पनि बलिङमा क्रिस मोरिसलाई नै अगाडि सार्न सक्छन् । किमो पल वा मोरिसले अवसर पाएको खण्डमा सन्दीप लामिछाने आज पनि बेञ्चमा नै रहनेछन् । विशाखापट्टनमको पीच स्पिनरका लागि उपयुक्त मानिन्छ । यसैले सन्दीपको सम्भावना बढाउँछ । हैदरवादका लागि यो सिजनकै सबैभन्दा भरपर्दा ब्याट्सम्यान डेविट वार्नर र जोनी बेयर्सटो साथमा हुनेछैनन् । यसले हैदारावादमाथि निकै दबाव थपिने छ ।