मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख २४ मंगलबार १५:५७:००
Read Time : < 1 मिनेट
खेलकुद

विराट कोहलीसँग बाझेका अम्पाएर निगेल आइपीएल फाइनलबाट हटाइन सक्ने 

Read Time : < 1 मिनेट
२०७६ बैशाख २४ मंगलबार १५:५७:००

इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को मे १२ मा हैदरावादमा हुने फाइनलका लागि तय गरिएका बेलायती अम्पाएर निगेल लोंग हटाइन सक्ने भएका छन् ।

रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादबीच शनिबार बैंलोरमा भएको खेलका क्रममा बैंग्लोरका कप्तान विराट कोहलीसँग निगेलको बहस भएको थियो । त्यसपछि रिसाएका निगेलले स्टेडियममा रहेको कोठाको ढोकामा क्षति पु-याएका थिए । 

यो व्यवहारका कारण भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को जाँच कमिटीले उनलाई फाइनल खेलबाट हटाउने तयारी गरेको टाइम्स अफ इन्डियाको समाचारमा छ । एकपछि अर्को ‘नो बल’ दिएको विषयलाई लिएर कोहली र निगेलबीच बहस भएको थियो । 

कर्नाटका स्टेट क्रिकेट एसोसियसन (केएससीए) का सेक्रेटरी आर सुधाकर राओले केएससीएले निगेलमाथि कारवाहीको माग गरेको बताए । 

‘हामीले यो विषयमा प्रशासनिक कमिटीसमक्ष उजुरी गरेका छौ र निगेलमाथि कारवाही हुनेमा आशावादी छौ । यदि गलत व्यवहारका कारण खेलाडीमाथि म्याच फि जरिवाना गराउनेजस्ता कारवाही हुन्छ भने अम्पाएरमाथि किन नहुने ?’ उनले भने ।