मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख २४ मंगलबार १४:१४:००
Read Time : > 1 मिनेट
प्रदेश

२० औं घलेगाउँ महोत्सव साेमबारदेखि सुरु

Read Time : > 1 मिनेट
२०७६ बैशाख २४ मंगलबार १४:१४:००

सार्क राष्ट्रको नमुना गाउँको रुपमा परिचित एवम् नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ लमजुङको क्व्होंलासोंथर गाउँपालिका ३ घलेगाउँमा २० औँ घलेगाउँ महोत्सव सोमबारबाट सुरु भएको छ । महोत्सवको गण्डकी प्रदेशका उद्मोग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका छन् । 

महोत्सवको उद्घाटन गर्दै उनले आफ्नो पहिचान र संस्कृति चिन्न नसक्दा लोप हुने अवस्थामा पुगेको परम्परागत सस्कृतिको संरक्षण गर्न स्थानीयलाई आग्रह गरे । उनले भने होमस्टेमा मुटु जोड्ने, भावना साट्ने हो, यस्तो कुरा नेपालमा मात्र पाईन्छ  । 

सडकको गुणस्तर भए होमस्टेमा पर्यटकको ओइरो लाग्ने बताउँदै उनले प्रदेश सरकारले बेसीशहरदेखि घलेगाउँसम्मको २४ किलोमिटर सडक आगामी १६ महिनाभित्रमा कालोपत्रे गर्ने बताए । 

गण्डकी प्रदेश सभा सदस्य मधु अधिकारीले होमस्टेले स्थानीयको आयबृद्विमा टेवा पुर्‍याएको बताइन् । आर्थिक समृद्वि, ग्रामीण गुरुङ समुदायको लोक संस्कृतिको संरक्षण, पर्यटन प्रवद्र्वन गर्न र घलेगाउँलाई स्मार्ट भिलेजको रुपमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष एवं क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले बताए । 

हामीहरुले दसैँ–तिहार भन्दा गाउँमा वर्षको एकचोटी लाग्ने महोत्सवलाई नै ठूलो चाडको रुपमा मनाउछौ,’ उनले भने । घलेगाउँ महोत्सव २०५७ सालदेखी हुँदै आएको छ । 

'प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरवास, घलेगाउँ समृद्विको आधार स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रवद्र्वन, ग्रामीण पर्यटनको विकासको पूर्वाधार' भन्ने नाराका साथ आयोजना गरीएको महोत्सव बुधबारसम्म चल्नेछ ।  

घलेगाउँको पर्यटन प्रवद्र्धन गर्न, पौराणिक लोक संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा विकास, प्राकृतिक स्रोत–साधनको सदुपयोग गर्न, पौराणिक हास्तकला सामग्री तथा लोकल कृषि उपजको जगेर्ना गर्न, ग्रामीण पर्यटनको प्रचारप्रसार, पर्यटनबाट समृद्धि सम्भव छ भनी सन्देश फैलाउन र घलेगाउँलाई ‘स्मार्ट भिलेज’ को रुपमा चिनाउने उद्देश्य महोत्सवको रहेको छ ।  

महोत्सवमा गुरुङ संस्कृति, घाटुँ, सेर्का, सोरठी, कृष्ण चरित्र, घ्याब्रे लगायतका पौराणिक नृत्य प्रदर्शन, गुरुङ खाना महोत्सव, मनोरम प्राकृतिक दृश्यावलोकन, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, पौराणिक हस्तकला सामग्री प्रदर्शनी, लोकल कृषि उपजको प्रदर्शनी, हिमालको दृश्यावलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन संग्रहालय, पौराणिक भेडीगोठ तिजे उत्तरकन्या मन्दिर, नमुना चिया बगान, स्वर्गभूमि रंगाशाला, क्व्होइँबो धीं पार्क, अवलोकनका साथै होमस्टे सम्बन्धी कार्यशाला गोष्ठीसमेत हुनेछ ।