मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २४ मंगलबार १३:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नीति तथा कार्यक्रम निबन्ध जस्तो : प्रकाशमान सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २४ मंगलबार १३:२५:००

प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता प्रकाशमान सिंहले बजेटको अवस्था नहेरी नीति तथा कार्यक्रम ल्याएको भन्दै सरकारको आलोचना गरेका छन् । 

नेता सिंहले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समावेश गरिएका नारा राम्रो भएपनि त्यसलाई कार्यान्वयन गर्ने स्रोत र साधन नभएको बताए । मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आगामी ४ वर्ष भित्र दोहोरो आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य नीति तथा कार्यक्रममा भएपनि त्यसको लागि स्रोत र साधनको व्यवस्था सरकारले गर्न नसकेको बताए । मुलुकलाई सन् २०३० भित्र मध्यम आय भएको मुलुक बनाउन तत्कालका लागि करिव १४ खरब बजेट थप चाहिने भएपनि सरकारले त्यो बजेट ल्याउने स्रोत नीति तथा कार्यक्रममा समावेश गर्न नसकेको उनको भनाई छ ।

नेता सिंहले काठमाडौंलाई धुलो मुक्त बनाउन नसक्ने सरकारले राजमार्गमा हवाई जहाज ल्याण्ड गराउने योजना सारेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सरकारको नीति तथा कार्यक्रम माध्यामिक तहका तेज विद्यार्थीले लेखेको निबन्ध जस्तो भएपनि त्यसको कार्यान्वयनका लागि विश्वसनीय आधार नभएको बताए ।