१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार ०८:०२:००
Read Time : < 1 मिनेट
अर्थ

ज्योति विकासका सेवाग्राहीलाई चिरायु नेसनल हस्पिटलमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार ०८:०२:००

ज्योति विकास बैंकका सेवाग्राहीले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटको सेवामा छुट पाउने भएका छन् । बैंक र हस्पिटलसम्बन्धी सहकार्यात्मक सहमति भएसँगै बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालको विभिन्न सेवामा छुट पाउने भएका हुन् ।

बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा र अस्पतालका डाइरेक्टर सञ्जीव राजभण्डारीले बुधबार सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । बैंकका ग्राहकले एटिएम कार्ड देखाई तथा कर्मचारीले पचियपत्र देखाई छुट सुविधा लिन सक्नेछन् । हाल बैंकले ८२ शाखा तथा २२ एटिएममार्पmत सेवा उपलब्ध गराउँदै आएको छ ।