१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार १०:४०:००
Read Time : < 1 मिनेट
समाचार

बिग बासमा सन्दीपको तेस्रो खेल आज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार १०:४०:००

आफू आवद्ध रहेको टिम पराजित भएपनि लगातार चम्किरहेका  नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बिहीबार तेस्रो खेल खेल्दैछन् । सन्दीप रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिगको तेस्रो खेलमा आज सिड्नी सिक्सर्सविरुद्ध उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

नेपाली समय अनुसार अपरान्ह २स्०० बजे सुरु हुने खेलमा घरेलु टोली सिड्नीविरुद्ध मेलबर्न पहिलो जितको खोजीमा हुनेछ भने सिड्नी सिक्सर्स दोस्रो जितको खोजीमा हुनेछ । 

यसअघि पहिलो खेलमा मेलबर्न सिड्नी थण्डर र दोस्रो खेलमा होबर्ट हरीकेन्ससंग पराजित भइसकेको मेलबर्नको लागि यो खेल महत्वपूर्ण समेत रहेको छ । लिगमा मेलबर्न शून्य अंकसहित पुछारमा छ भने २ अंक जोडेको सिड्नी चौथो स्थानमा छ ।

सिड्नीविरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दीप अघिल्ला दुई खेलमा उच्च प्रदर्शन गरेको कारणा आज पनि टिममा पर्ने सम्भावना बलियो छ । सन्दीपले बिग बासको यसअघि भएका दुई खेलमा पाँच विकेट लिईसकेका छन्  ।

सन्दीपले डेब्यू खेलमा ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर २ विकेट लिएका थिए भने दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर ३ विकेट  लिएका थिए ।