१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २३ सोमबार ०७:४६:००
Read Time : > 1 मिनेट
अर्थ

युवापुस्ताको रोजाइअनुरूपका विशेषता

अटो फोकस / टिभिएस अपाचे आरआर ३१०

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २३ सोमबार ०७:४६:००

अपाचे मोटरसाइकल बिक्री गर्दै आएको जगदम्बा मोटर्स प्रालिले ३१० सिसी क्षमताको मोटरसाइकल बजारमा ल्याएको छ । यसअघि २०० सिसीसम्मको मात्र मोटरसाइकल बजारमा ल्याएको कम्पनीले अपाचे सिरिजकै आरआर ३१० बाइक ल्याएको हो । यसमा अहिलेसम्मकै आधुनिक प्रविधि प्रयोग गरिएको कम्पनीले दाबी गर्दै आएको छ । कम्पनीको रिसर्च एन्ड डेभलपमेन्ट युनिटले लामो समयसम्म अनुसन्धान गरेपछि मात्र आरआर ३१० उत्पादन गरेको कम्पनीको दाबी छ । यसलाई विशुद्ध स्पोर्टस बाइक मानिएको छ । 

तथ्य
टिभिएसले आफ्नो  रेसिङ इतिहासको ३५ वर्ष नाघेको छ । टिभिएस डकारजस्तो अन्तर्राष्ट्रिय रेसिङ प्रतियोगितामा सहभागिता हुने क्षमता राख्ने एक मात्र भारतीय मोटरसाइकल भएको कम्पनीको दाबी छ । यसले हालसम्म अपाचे सिरिजअन्तर्गत २ सय सिसीसम्मका उत्पादनले नै युवाको मन जित्न सफल भएको थियो ।

कम्पनीले अपाचे आरआर ३१०, टिभिएस एनटर्क १२५ र टिभिएस अपाचे १६० ४भी, आरटिआर १८० र २०० ४भी, टिभिएस स्ट्राइकर, टिभिएस स्टार सिटी पल्स, टिभिएस भिक्टर, टिभिएस एनर्टक १२५ मोटरसाइकल बजारमा उपलब्ध छन् । त्यस्तै, टिभिएस बिगो, टिभिएस जुपिटर बेस, जेडएक्स क्लासिक, टिभिएस ड्याज, टिभिएस जेस्ट ११०, टिभिएस एक्सएल १००, टिभिएस एक्सएल १०० हेभी ड्युटी रहेका छन् । साथै कम्पनीले २०० सिसी थ्री ह्विलर टिभिएस किंग बिक्री गरिरहेको छ ।


कम्पनीको विश्वास

नवराज कोइराला,मार्केटिङ म्यानेजर, जगदम्बा मोटर्स प्रालि
हामीले बिक्रीलाई मात्र जोड दिएका छैनौँ, देशभर सर्भिस नेटवर्क बनाएका छौँ । सुगम–दुर्गम सबै ठाउँमा पार्टपुर्जा सहज रूपमा उपलब्ध गराउने, डिलर स्थापना गर्नेलगायत काममा ध्यान दिएका छौँ । बलियो इन्जिन अपाचेको विशेषता नै हो । किनभने, केही यस्ता युवा सर्भिस सेन्टर पुगेका छन्, जसले ६०–७० हजार किलोमिटरसम्म बाइक दौडाउँदा पनि इन्जिन खोलेका छैनन् । टिभिएसले उपभोक्ताको पैसाको मूल्य बुझेको छ । उपभोक्ताले पनि टिभिएसलाई राम्ररी बुभ्mनुभएको छ भन्ने हामीलाई विश्वास छ ।
मूल्य
 ७ लाख ७९ हजार ९ सय रुपैयाँ
रंग
 रेसिङ रेडर रेसिङ ब्ल्याक
बाइकका विशेषता
- अधिकतम शक्ति : ३४ एचपी २ ९७०० आरपिएम
- अधिकतम टर्क : २७.२ एनएम २ ७७०० आरपिएम
- अधिकतम गति : १६० किलोमिटर प्रतिघन्टा
 -३१२.२ सिसी
- लिक्विड कुल्ड सिंगल सिलिन्डर
- फोर स्ट्रोक, इएफआई सिभर्स इन्क्लाइन्ड इन्जिन
- ६ स्पिडको गेयर बक्स
- डुअल च्यानल एबिएस
- अगाडि ३०० एमएम पेटल डिस्क (एबिएस)
- पछाडि २४० एमएम पेटल डिस्क (एबिएस)
- अगाडि : युएसडी टेलिस्कोपिक फोक्र्स
 पछाडि : एड्जस्टेबल मोनोसक
-बाइलेड  हेड ल्याम्प
- मस्ट एक्युरेट डिजिटल फ्युल गेज
डिजिटल डिस्प्ले पर्फमेन्स
–६० किलोमिटर : २.९३ सेकेन्ड
 ०–१०० किलोमिटर : ७.१७ सेकेन्ड