मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १५ बिहीबार
  • Thursday, 28 May, 2020
२०७५ मङ्सिर २६ बुधबार २२:३०:००
समाचार

बत्तिसपुतलीको राममन्दिरमा मनाइयो विवाह पञ्चमी (भिडियाेसहित)

२०७५ मङ्सिर २६ बुधबार २२:३०:००

काठमाडौंको बत्तिसपुतलीस्थित राममन्दिरमा विवाह पञ्चमी पर्व भव्यताका साथ मनाइएको छ । बुधबार बिहानै भगवान रामको विवाह भएको दिनको अवसर पारेर विशेष भक्ति संगित कार्यक्रम आयोजना गरि राममन्दिरमा विवाह पञ्चमी पर्व मनाइएको हो ।

यसै अवसरमा सो मन्दिरमा भगवान राम र सीताको विवाहको महिमासहितको सांस्कृतिक कार्यक्रम पनि आयोजना गरियो ।

विवाह पञ्चमीमा राम र सीताले विवाह गरेको र सो विवाहमा गएका जन्तीहरुको झल्को पनि दिइएको थियो । भगवान रामको विवाहलाई काठमाडौंमा पनि उत्सवको रुपमा मनाइएको बाल्मिकी विद्यापीठका उपप्राध्यापक माधव घिमिरेले जानकारी दिए ।

विवाह पञ्चमीको अवसर पारेर भक्तजनहरुले भगवान रामको स्मरण गर्दै राम मन्दिरमा पूजाआजा गरेका थिए । त्रेता युगमा राजर्षी जनकको प्रतिज्ञालाई मर्यादा पुरुषोत्तम रामले पूरा गरेपछि जनककी छोरी सीतासँग विवाह भएको दिनलाई विवाह पञ्चमीको रुपमा मनाउने गरिएको जनविश्वास रहि आएको छ । यही विश्वास र संस्कृतिलाई निरन्तरता दिँदै जनकपुरस्थित जानकी मन्दिरमा भव्य रुपमा विवाह पञ्चमी मनाउने गरिन्छ ।