१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस
२०७६ बैशाख २२ आइतबार २०:४५:००
Read Time : < 1 मिनेट
विश्व

भेनेजुएलामा हेलिकोप्टर दुर्घटना हुँदा सात सैनिकको मृत्यु

Read Time : < 1 मिनेट
रासस
२०७६ बैशाख २२ आइतबार २०:४५:००

भेनेजुएलाको राजधानी काराकासको बाहिरी इलाकामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा सात जना सैनिक अधिकृतको मृत्यु भएको राष्ट्रपति निकोलास मदुरोले बताएका छन् । हेलिकप्टर राजधानी काराकासबाट उत्तर पश्चिमको सान कार्लोसतर्फ उडेको थियो । 

राष्ट्रपति मदुरोले ट्वीट गर्दै सात सैनिक अधिकृतको निधनले राष्ट्रलाई अपूरणीय क्षति भएको बताएका छन् । दुर्घटनामा मृत्यु हुनेमा दुई जना लेफ्टिनेन्ट कर्णेल, दुई जना मेजर र तीन जना क्याप्टेन  रहेका छन् । रक्षा मन्त्रालयले सो दुर्घटनाको छानबिन थालेको छ ।