मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ बैशाख २२ आइतबार १६:२९:००
Read Time : < 1 मिनेट
खेलकुद

सहिद अफ्रिदीलाई गौतम गम्भीरको जवाफः तिमीलाई मनोचिकित्सककहाँ लैजान्छु

Read Time : < 1 मिनेट
२०७६ बैशाख २२ आइतबार १६:२९:००

पाकिस्तानी पूर्व क्रिकेटर तथा स्टार खेलाडी सहिद अफ्रिदीको चर्चा यतिबेला चुलिएको छ, कारण हो उनको आत्मकथा ‘द गेम चेन्जर’ । 

यसअघि आफ्नो वास्तविक उमेर औपचारिक दस्तावेजमा भएको भन्दा पाँच वर्ष बढी भएको खुलासा गरेपछि उनको चर्चा भइरहेको थियो । त्यो चर्चा सेलाउन नपाउँदै भारतीय पूर्वक्रिकेटर गौतम गम्भीरले उनलाई चर्चामा तानेका छन् । 

आत्मकथामा आफ्रिदीले गौतमको बानीका आफूलाई मन नपर्ने उल्लेख गरेका छन् । साथै, गौतमको कुनै व्यक्तित्व नभएको र उनको नाममा क्रिकेट दुनियाँका खास किर्तिमान पनि नभएको आफ्नो पुस्तकमा उनले लेखेका छन् । 

पुस्तकमा रहेको यो टिप्पणी थाहा पाउन साथ गौतम गम्भीरले ट्वीट मार्फत जवाफ दिएका छन् । आफ्रिदीलाई ट्याग गर्दै उनले लेखेका छन्, ‘भारतले अझै पाकिस्तानीलाई स्वास्थ्य पर्यटनका लागि भिषा दिइरहेको छ, तिमीलाई म आफैं मनोचिकित्सककहाँ लिएर जान्छु ।’ गौतम गम्भीर यतिबेला भारतीय जनता पार्टीबाट लोकसभाका उम्मेद्वार बनेका छन् । उनी दिल्लीमा चुनाव प्रचारमा व्यस्त छन् ।