Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २२ आइतबार १४:३१:००
Read Time : < 1 मिनेट
समाचार

सरकारले भाङ खाएर नीति तथा कार्यक्रम लेख्या हो ? : राजेन्द्र महतो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २२ आइतबार १४:३१:००

राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधानमा कसैको विमति नरहेको भन्ने सरकारको भनाइ प्रति गम्भीर आपत्ती जनाएको छ । सरकारको नीति तथा कार्यक्रममाथि आइतबारदेखि सुरु भएको छलफलमा ७ नम्बरको बुँदालाई लिएर सांसद राजेन्द्र महतोले संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमति नरहेकोबारेमा जनाएका हुन् । 

‘कसरी विमति छैन ? कहिलेदेखि विमति नभएको हो ? कसरी लेख्यो यो नीति कार्यक्रम ? आधा निन्द्रामा लेख्या हो कि कसो हो ?,’ उनले प्रश्न गर्दै भने, ‘यो संविधानमा विमति छैन रे ? पचासौँ पटक यो हाउसमा हामीले नै विमति देखाएको । त्यो संविधानमा 'नोट अफ डिसेन्ट' लेखेर विमति जनाउने पुष्पकमल दाहाल सरकारी पक्ष नै हो । फेरि नीति कार्यक्रममा कसरी विमति छैन भनेर लेखियाे ?’

संविधानप्रति व्यापक असन्तुष्टी र विमति रहेको स्पष्ट हुँदा हुँदै विमति नभएकाे लेखिएकोमा आक्रोस पोखे । नीति तथा कार्यक्रमअनुसार सरकार संविधान नै संसोधन नगर्ने मनस्थितिमा रहेको सन्देश पाएको उनले बताए । ‘भाङ खाएर नीति तथा कार्यक्रम लेख्या हो ?' उनले प्रश्न गरे । ‘संविधानलाई जब जब बाइबल, कुरान, गीता, महाभारत बनाउने कोसिश हुन्छ,' उनले भने, ‘तब त्यो संविधान गइजान्छ । बाइबाई भइजान्छ ।’

सरकारले जनतालाई गुमराहमा राख्ने काम गरेको उनले आरोप लगाए । उनले भने, ‘नीति तथा कार्यक्रम झुटको खेती जस्तै छ । सफेद झुट भन्छ नि सफेद झुट । जनताको अधिकारमाथि दिन दहाडै डकैती । जनतालाई ढाट्ने । जनतालाई गुमराह गर्ने ।’ उनले शाही सम्बोधनको शैलीमा सरकारको नीति तथा कार्यक्रम आएको टिप्पणी गरे ।