१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ बैशाख २२ आइतबार ११:५७:००
Read Time : > 1 मिनेट
प्रदेश

हजारीमल धर्मशाला विवाद : भूमाफियाको कब्जामा पुगेको आरोप 

Read Time : > 1 मिनेट
२०७६ बैशाख २२ आइतबार ११:५७:००

सरकारी निकायलाई जानकारी नदिई वीरगन्ज महानगरपालिका–६ आदर्शनगरस्थित हजारीमल धर्मशालाका संरचना भत्काउन थालिएको छ । वीरगन्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालय, पर्साको बेवास्ताका कारण धर्मशाला भूमाफियाको कब्जामा पुगेको आरोप कांग्रेस पर्साका सभापति अजय द्विवेदीले लगाए । 

उनले धर्मशालालाई ट्रस्टअन्तर्गत लगेर बिक्री गर्ने षड्यन्त्रमा भूमाफियाहरू लागेको बताए । धर्मशाला कब्जा गर्नेविरुद्ध कारबाहीको माग गर्दै महानगरपालिकाको ध्यानाकर्षण गराए पनि महानगरले कुनै कारबाही अघि नबढाएको उनको दाबी छ । 

वडा कार्यालयलाई जानकारी छैन 
हजारीमलले १ सय वर्षअघि यो धर्मशाला निर्माण गरेका थिए । महानगर स्रोतका अनुसार तत्कालीन समयमा जग्गाको बेचबिखन गर्न नपाइने गरी सहमति भएको थियो । ‘सहमतिअनुसार धर्मशाला महानगरपालिकामातहत रहन्छ । त्यसैले कुनै संरचना भत्काउन र नयाँ संरचना खडा गर्न महानगरको अनुमति लिनुपर्ने हुन्छ,’ महानगरका एक कर्मचारीले भने । 

तर, अहिलेसम्म संरचना भत्काउने विषयमा वडा कार्यालयलाई औपचारिक जानकारी प्राप्त नभएको वीरगन्ज–६ का वडाध्यक्ष ध्रुव नेपालले बताए । ‘कुनै जानकारी नै नदिई धर्मशालाको संरचना तोडफोड गरिएको छ ।  संरक्षणका विषयमा यसअघि पनि महानगरपालिकाको ध्यानाकर्षण गराएको थिएँ । तर, नगरप्रमुखले वास्ता गरेनन्,’ उनले भने, ‘फेरि पनि बोर्ड बैठकमा 
आवाज उठाउनेछु ।’ 

ट्रस्टको नाममा धर्मशाला दर्ता 
हजारीमलका सन्तान नेपाल तथा भारत दुवै देशमा बसोबास गर्छन् । हजारीको निधनपछि न त उनका सन्तानले न सम्बन्धित निकायले नै यस धर्मशालाको संरक्षणमा चासो देखायो । तर,  ११ वर्षअघि धर्मशाला संरक्षणका लागि भन्दै हजारीमलको वंश दाबी गर्ने वीरगन्ज महानगरपालिकाका रामकृष्ण अग्रवालको अध्यक्षतामा ट्रस्ट गठन भयो । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार गत ०६४ असोज १ मा दर्ता भएको ट्रस्टको महासचिवमा नारायण अग्रवाल, कोषाध्यक्षमा जगदीश अग्रवाल तथा सदस्यमा अर्चनाकुमारी अग्रवाल र अनिता अग्रवाल छन् ।

‘यो धर्मशाला संस्थाका नाममा दर्ता भएको छ । यसका विषयमा थप जाँच गर्न समिति बनाएका छौँ,’ पर्साका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले भने । समितिका अध्यक्ष बस्नेतले पर्सा र बारामा आएको हावाहुरीका कारण छानबिन प्रक्रियाले गति लिन नसकेको प्रतिक्रिया दिएका छन् ।