१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ बैशाख २२ आइतबार ११:३८:००
Read Time : < 1 मिनेट
समाचार

विराटनगर भन्सार राजस्व अपचलन प्रकरण  : एजेन्टलाई ४ करोड ८० लाख जरिवाना

Read Time : < 1 मिनेट
२०७६ बैशाख २२ आइतबार ११:३८:००

विराटनगर भन्सारमा १० करोड राजस्व अपचलन गरेको अभियोग लागेका  एजेन्ट सुरेश बोहरासहित दुई कर्मचारीलाई  चार करोड ८० लाख रुपैयाँभन्दा बढी जरिवाना तथा डेढ महिना जेल सजाय गर्ने फैसला उच्च अदालत विराटनगरले सुनाएको छ । उनीहरूविरुद्ध विराटनगर भन्सार सुक्खा बन्दरगाहभित्र रहेको वाणिज्य बैक शाखामार्फत राजस्व अपचलन गरेको अभियोग थियो । 

उच्च अदालत विराटनगरका रजिस्टार ठगेन्द्र कट्टेलका अनुसार कामु न्यायाधीश शिवराम अधिकारी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले एजेन्ट बोहरालाई बैंकिङ कसुर ऐन ०६४ को दफा ३ (ग) र दफा १५ को (१) बमोजिम डेढ महिना कैदसहित चार करोेड ८० लाख ७७ हजार ५ सय रुपैयाँ र भन्सारका कर्मचारीहरू तोर्णराज राउत र विष्णुप्रसादलाई दफा १५ को (६ ) बमोजिम २२ दिन कैदसहित जनही दुई करोड ४० लाख ३८ हजार सात सय ५० रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो । 

आरोपी एजेन्ट सुरेश बोहराका प्रतिनिधि रहेका उनका भाइ ललित बोहरालाई अदालतले सफाइ दिएको छ । ढाकछोप गर्न खोजिएको उक्त अपराध १ फागुन ०७४ मा नयाँ पत्रिका दैनिकमा सार्वजनिक भएको थियो ।