Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ बैशाख २१ शनिबार १४:३७:००
Read Time : < 1 मिनेट
खेलकुद

सहिद आफ्रिदीको उमेर विवाद किन बल्झियो ?

Read Time : < 1 मिनेट
२०७६ बैशाख २१ शनिबार १४:३७:००

क्रिकेट इतिहासका महान हस्ती पाकिस्तानका पूर्वक्रिकेटर सहिद अफ्रिदीको उमेर विवाद बल्झिएको छ । 

उनको आधिकारिक जन्ममिति सन् १९८० मार्च १ तारिक छ , तर आफ्नो आत्मकथामा उनले आफ्नो वास्तविक जन्ममिति सन् १९७५ भएको उल्लेख गरेका छन् । उमेर फरक परेको प्रसंगले उनको आत्मकथा ‘गेम चेन्जर’ अहिले चर्चामा छ । कतिपयले भने व्यंग्य गर्दै किताब नाम ‘एज चेन्जर’ अर्थात उमेर परिवर्तन गर्ने राख्न सुझाएका छन् । 

उनले टेष्ट क्रिकेटबाट सन् २०१०मा र सन् २०१५मा एकदिवसीय र सन् २०१७मा टी–२०बाट सन्यास लिएका थिए । औपचारिक दस्तावेजमा उनको उमेर सन् १९८० भएकाले उनको उमेरसँग जोडिएका कतिपय किर्तिमान पनि विवादमा परेका छन् ।

सन् १९९६मा सबैभन्दा थोरै बलमा शतक बनाउने किर्तिमान राख्दा आफ्नो उमेर १९ वर्ष भएको उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । तर, यसअघि यतिबेला उनको उमेर १६ वर्ष भएको मान्यता थियो ।