मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ बैशाख २१ शनिबार १४:१९:००
Read Time : < 1 मिनेट
समाचार

नयाँ शक्ति र फोरमबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर

Read Time : < 1 मिनेट
२०७६ बैशाख २१ शनिबार १४:१९:००

नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर भएको छ। 

शनिबार नयाँ शक्तिको कार्यालय बबरमहलमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । 

एकिकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमती भएको छ । नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, शाेषणको अन्त्यगर्न पार्टीले भुमिका खेल्न सहमतीमा उल्लेख छ ।

पार्टीको पहिलो बरियतामा बाबुराम भट्टराई र दोस्रोमा उपेन्द्र यादव रहने सहमति भएको स्रोतले बताएको छ । 

संघीय परिषदको अध्यक्षता भट्टराई र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने आन्तरिक सहमति भएको छ । संघीय परिषदको अध्यक्षलाई केन्द्रीय समितिको निर्णय उल्ट्याउने अधिकार हुने स्राेतले बतायाे । 

एकिकृत पार्टीले सरकारलाई संविधान संशोधनको लागि अल्टिमेटम दिने र माग पुरा नभए संघीय समाजवादी फोरमले सरकार छाड्ने पनि सहमति भएको स्रोतले बताएको छ ।