मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख २० शुक्रबार १५:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

यार्सागुम्बाको शुल्कबाट चल्दै आएको विद्यालय बन्द हुने अवस्थामा 

Read Time : < 1 मिनेट
२०७६ बैशाख २० शुक्रबार १५:४४:००

ठुलीभेरी नगरपालिका ६  को लक्ष्मी माध्यामिक विद्यालय बन्द हुने अवस्थामा पुगेको छ ।

दश वर्ष अघि निजी स्रोतबाट सञ्चालन गर्न स्थापना गरिएको उक्त विद्यालय आर्थिक अभावका कारण बन्द हुने अस्थामा पुगेको हो । यार्सागुम्बा संकलन पुर्जी वितरणबाट आएको शुल्कबाट सञ्चालन हुँदै आएको विद्यालय पछिल्लो समयमा यार्सागुम्बाको शुल्कमा ह्रास आउन थालेपछि बन्द हुने अवस्थामा पुगेको प्रधानध्यापक गगन बुढाले जानकारी दिए ।

समुदायले प्रत्येक वर्ष माध्यामिक तहमा पढाउने शिक्षकलाई यार्सागुम्बा संकलन पुर्जी वितरणबाटै पचास लाखसम्म ब्यहोर्दै आएको छ । निजी स्रोतबाट लाखौ रुपैयाँ ब्यवस्था गर्न नसकिने भएकाले आवश्यक दरबन्दीको ब्यवस्था नगरे यसै आर्थिक वर्षमा विद्यालय बन्द गर्नुपर्ने प्रधानध्यापक बुढाले बताए । 

समुदायले रकम जम्मागर्न नसकेकै कारण माध्यामिक तहमा अध्यापन गराइरहेका शिक्षकहरुले लामो सयमदेखि तलब पाएका छैनन् । 

पछिल्लो समयमा यस क्षेत्रका यार्सागुम्बा पाटनहरुमा यार्सागुम्बा संकलनको लागि आउने सर्वसधारणको सङ्ख्यामा कमी आएसँगै संकलन इजाजत पत्र वितरणबाट प्राप्त हुने शुल्कसमेत घटेको स्थानीय बताउँछन् । विद्यालयमा दुई सय भन्दा बढी बालबालिकाहरु अध्ययनरत छन् । 

गाउँमै रहेको माध्यामिक विद्यालय बन्द हुने अवस्थामा पुगेपछि माध्यामिक शिक्षा अध्ययनकालागि विद्यार्थी घण्टौ हिडेर जानुपर्ने बाध्यता आउने अभिभावको चिन्ता रहेको छ ।  

यार्सागुम्बूको शुल्कबाट विद्यालय सञ्चालन नहुने भएपछि स्थानीय सरकारले आर्थिक व्यवस्थापन गरीदिनुपर्ने माग वडा अध्यक्षले माग गरेका छन् । 

जिल्लामा ९७ वटा आधारभुत विद्यालय र १६ वटा माध्यामिक विद्यालयहरु छन् ।