मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी 
२०७६ बैशाख २० शुक्रबार १४:४७:००
Read Time : < 1 मिनेट
खेलकुद

दिल्ली क्यापिटल्सलाई झड्का, सबैभन्दा धेरै विकेट लिने कागिसो रबाडा घर फर्किदै

Read Time : < 1 मिनेट
एजेन्सी 
२०७६ बैशाख २० शुक्रबार १४:४७:००

इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ मा हालसम्म सबैभन्दा बढी विकेट लिने दक्षिण अफ्रिकी खेलाडी कागिसो रबाडा घर फर्किने भएका छन् । दिल्ली क्यापिटल्सबाट खेलेका १२ खेलमा उनले २५ विकेट लिइसकेका छन् ।

उनीपछि १३-१३ खेल खेलेका इमरान ताहिर, श्रेयश गोपाल, युजभेन्द्र चहल र दीपक चहरले क्रमशः २१, १८, १७ र १६ विकेट लिएका छन् । 

रबाडाको अनुपस्थितिले उपाधी होडमा रहेको दिल्ली क्यापिटल्सका लागि असहज बन्ने छ । अप्रिल २८ मा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध भएको खेलका क्रममा रबाडाले असहजता महसुस गरेका थिए । स्वास्थ्य परीक्षणका क्रममा रहेकाले उनले चेन्नई सुपर किंग्सविरुद्धको बुधबारको खेल गुमाएका थिए, जसमा दिल्ली ८० रनले पराजित भएको थियो । 

दक्षिण अफ्रिकी टोलीले विश्वकप क्रिकेट २०१९ को तयारीलाई मध्यनजर गर्दै स्वास्थ्य सावधानी अपनाउँदै घर फर्कन रबाडालाई दिएको सल्लाहअनुरुप उनी आइपीएल छाडेर फर्कन लागेका हुन् । उनले लिगअन्तर्गतको राजस्थान रोयल्ससँगको अन्तिम खेलका साथै अन्य प्ले–अफ खेल खेल्ने छैनन् ।
‘दिल्ली क्यापिटल्सलाई प्रतियोगिताको यो अवस्थामा छाडेर जानु मेरा लागि कठीन छ । तर विश्वकप क्रिकेट सुरु हुन एक महिनामात्र बाँकी छ । त्यसैले मेरो हकमा एउटा साझा निर्णय निर्णय भएको छ,’ रबाडालाई उद्धृत गरिएको क्यापिटल्सको विज्ञप्तीमा भनिएको छ, ‘आइपीएलको यो सिजन मेरा लागि हरेक अर्थमा बृहत रह्यो । मलाई विश्वास छ यसपटकको ट्रफी हाम्रो टोलीले नै उचाल्ने छ ।’