१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २० शुक्रबार १२:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकारको चाहना सुःखसहितको समृद्धि : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २० शुक्रबार १२:४३:००

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको सुःखसहितको समृद्धि चाहेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ नेपाली जनताको साझा सपना भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सरकार क्रियाशील रहेको दावी गरे । उनले दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धि र त्यहाँका जनताले सुःख पाएको हेर्न नेपाल आतुर रहेको बताए । शुक्रबार ‘सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रि’का पदाधिकारीहरुसँग सरकारी निवास बालुवाटारमा भएको सामूहिक भेटमा उनले नेपाल र दक्षिण एशीयाली राष्ट्रहरुको समृद्धिका लागि त्यहाँको युवा जनशक्तिलाई परिचालन गर्नुपर्ने प्रस्ताव अघि सारे । नेपालमा ४० प्रतिशत युवाहरु र ६० प्रतिशत भन्दा बढि काम गर्ने उमेर समूहका मानिसहरु रहेकाले उनीहरुलाई समृद्धिको अभियानमा परिचालन गर्ने उनले बताए  ।

उनले नेपालमा लगानी गर्न बैदेशिक लगानीकर्ताहरुलाई पुनः आह्वान गर्नुपर्ने बताउँदै नेपालमा लगानी गरे त्यसको प्रतिफलको ग्यारेन्टी सरकारले गर्ने बताए । प्रधानमन्त्री ओलीले नेपालमा गरिएको लगानी खेर जान नदिन सरकारले सुशासनमा जोड दिए बताउँदै निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने सरकारको योजना रहेको उनले बताए । 

प्रधानमन्त्री ओलीले नेपालमा लगानीका लागि आवश्यक सबै वातावरण बनेको दावी गरे ।