मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख २० शुक्रबार १०:४७:००
Read Time : < 1 मिनेट
प्रदेश

लमजुङका महिला स्वास्थ्य स्वयंसेविका र बालविकासका सहजकर्ता सम्मानित

Read Time : < 1 मिनेट
२०७६ बैशाख २० शुक्रबार १०:४७:००

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले लमजुङका महिला स्वास्थ्य स्वयंसेविका तथा प्रारम्भिक बालविकासका सहजकर्ताहरुलाई सम्मान गरेको छ । मन्त्रालयले  जिल्लाका ८ जना महलिा स्वास्थ्य स्वयंसेविका र ८ जना बालविकासका सहजकर्ता गरी बिहीबार १६ जनालाई सम्मान गरेको हो । महिला स्वास्थ्य स्वयंसेविका र बालविकासका सहजकर्तालाई जिल्ला स्वास्थ्य कार्यालय लमजुङमा औपचारीक कार्यक्रको आयोजना गरी नगद, दोसल्ला  र सम्मानपत्रले सम्मान गरेको हो ।

दुर्गम गाउँका नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरेका स्वयंसेवीका अत्यन्तै कम तलबमा अध्यापन गराइरहेका प्रारम्भिक बालविकासका सहजकर्तालाई प्रोत्साहन गर्न सम्मान गरिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य निरीक्षक मोहदत्त ढकालले बताए । उनका अनुसार आठ वटै पालिकाका महिला स्वास्थ्य स्वयंसेविका र आठ वटै गाउँपालिकाका प्रारम्भिक बालविकासका सहजकर्ताहरुलाई छनोट गरेर सम्मान गरिएको हो ।