१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २० शुक्रबार ०६:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सिंहदरबारमा अधिकार राखेर संघीयता कार्यान्वयन असम्भव : गुरुङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २० शुक्रबार ०६:५७:००

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सबै अधिकार सिंहदरबार केन्द्रित गरेर संघीयता कार्यान्वयन नहुने बताएका छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पोखरामा आयोजना गरेको मुलुकी देवानी र फैजदारी संहितासम्बन्धी जानकारी तथा कानुनी क्षमता अभिवृद्धि विषयक अन्तर्क्रियाको बिहीबार उद्घाटन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सो अवसरमा उनले घुमिफिरी फेरि पनि अधिकार जति सिंहदरबारमै केन्द्रित गरेको आरोप लगाए । 

मुलुक संघीय संरचनामा गए पनि व्यवहारमा अधिकार केन्द्रीकृत गरिएको उनले बताए । ‘सबै कुरा सिंहदरबार र त्यसवरपर केन्द्रित गरिएका छन्, केन्द्र सरकारलाई ४० हजार कर्मचारी किन चाहियो ? यसको औचित्य पुष्टि गर्न सक्छ ?’ उनले प्रश्न गरे । संघमा २० हजारभन्दा बढ्ता कर्मचारी आवश्यक नरहेको भन्दै बढी 

चाहिनुको औचित्य पुष्टि गर्न केन्द्र सरकारलाई चुनौती दिए ।संविधानले केन्द्र, प्रदेश र स्थानीय तहलाई स्पष्ट अधिकार दिए पनि कानुन बनाउने क्रममा त्यसलाई मिचेको उनको भनाइ छ । केही नेपाल संशोधन ऐन हेर्दा यो सबै प्रस्ट हुने उनको भनाइ छ । राष्ट्रिय वन प्रदेश सरकार मातहत हुने भनिए पनि त्यसभित्रको सामुदायिक वनको सन्दर्भ, संरक्षित क्षेत्रको सन्दर्भ, बजार अनुगमनलगायत धेरै विषयमामा अधिकार कटौती भएको उनले गुनासो गरे । प्रदेशको अधिकार सुनियोजित ढंगले काटौती भएको उनको आरोप छ । राम्रो भएको छ प्रधानमन्त्रीज्यू...भन्नेले बिगारे

मुख्यमन्त्री गुरुङले सिंहदरबारले गर्ने अन्याय हेरेर बस्न नसक्ने पनि कार्यक्रममा बताए । ‘हिजो राजा महाराजालाई सरकार... सबै ठीक छ, राम्रो छ’ भने जस्तै अहिले प्रधानमन्त्रीलाई पनि यस्तै भनिँदै छ ।’ उनले भने, ‘तल सबै बिग्रिएर घृणा गर्ने अवस्था आउँदा पनि सबै ठीकै छ, प्रधामन्त्रीज्यू भनिँदै छ, यो प्रवृत्ति तोड्नुपर्छ ।’ 

यही ढंगले अगाडि बढ्ने र संघीयताको ठिक ढंगले कार्यान्वयन नगर्ने हो भने यसपछि आउने परिणाम भयाभह हुने उनले चेतावनी दिए । उनले प्रदेशलाई अधिकार नदिए देशले निकास नपाउने र अर्को ढंगको जनतामा वितृष्णता आउने बताए । ‘नयाँ भनेकै प्रदेश सरकार हो, केन्द्र र स्थानीय निकाय हिजो विभिन्न ढंगले चलेका थिए,’ उनले भने, ‘नयाँ संरचनालाई डम्बरुको साँघुरो भाग बनाएर निकास निस्कन्न ।’
लोकतन्त्रमाआलोचना सुन्नुपर्छ 
मुख्यमन्त्री गुरुङले लोकतन्त्रमा सत्तामा रहेकाले आलोचना सुन्ने साहस राख्नुपर्ने बताए । राष्ट्रपति, प्रधामन्त्री, मुख्यमन्त्री, मन्त्री सबैको आलोचना हुने भन्दै आलोचना सुन्ने र सच्चिने हिम्मत गर्नुपर्ने बताए । प्रधामन्त्री केपी शर्मा ओलीले देश समृद्धितर्फको यात्रामा अगाडि बढेको, आर्थिक वृद्धिदर तुलनात्मक रूपमा राम्रो रहेको बताइरहेका वेला घुमाउरो पाराले मुख्यमन्त्रीले त्यसको समेत आलोचना गरे ।

‘अरूले भनेर हुन्छ, सबै ठिकठाक छ, आर्थिक वृद्धिदर ७ प्रतिशत हाराहारी पुग्यो भनिएको छ, यस्तो ढंगले हुँदैन,’ उनले भने । संघीयताको मर्मअनुरूप साँच्चै काम हुने हो भने देशले १५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हाँसिल हुने उनको दाबी छ । नुनको सोझो गर्नकर्मचारीलाई आग्रहमुख्यमन्त्री गुरुङले कर्मचारीलाई सरकार, प्रधामन्त्री या अमूक मन्त्रीको चाकडीतर्फ नलागी जनताको नुनको सोझो गर्न आग्रह गरेका छन् । केन्द्रीकृत मानसिकता त्याग्न र नेतामा जस्तो मानसिकता नबनाउन उनले आग्रह गरे ।