१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७६ बैशाख १९ बिहीबार १७:३३:००
Read Time : < 1 मिनेट
विश्व

भारतमा सामुद्रिक आँधी ‘फेनी’बाट बचाउन ८ लाख मानिसलाई सुरक्षित स्थानमा

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ बैशाख १९ बिहीबार १७:३३:००

सामुद्रिक आँधी फेनी आइपुग्नुअघि भारतले तटीय क्षेत्रका करीब ८ लाख बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । 

बंगालको खाडीमा उत्पन्न भएको चक्रवात फेनी शुक्रबार दिउँसोसम्ममा उडिसाको पुरी क्षेत्रमा आइपुग्ने भारतीय मौसम विभागले अनुमान गरेको छ । बिहीबारसम्ममा पुरी आसपासको क्षेत्रबाट करीब ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

करिब दुई सय किलोमिटर प्रतिघण्टामा अगाडि बढिरहेको आँधीबाट सतर्क रहन तामिलनाडु र आन्द्र प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ ।