मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार ०६:४९:००
Read Time : < 1 मिनेट
समाचार

पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी फोटो प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १२ बिहीबार ०६:४९:००

०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पले पु¥याएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी फोटो प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गरे ।  ज्ञवालीले फोटो प्रदर्शनीले भूकम्पपछि पुनर्निर्माण र पुनस्र्थापनाका क्षेत्रमा भइरहेका वास्तविक काम जनतासमक्ष पु-याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पुनर्निर्माण हुने धरहरा परिसरमा भूकम्प, राहत, उद्धार, पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी भएका गतिविधिलाई समेटेर संग्रहालय राख्ने योजना रहेको उनले बताए । फोटो, भिडियो, अडियोलगायतले नेपालमा भूकम्पछिको अवस्था, पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी ज्ञान र अनुभव भावी पुस्तालाई हस्तान्तरण गर्न सहयोग पु-याउने उनको भनाइ छ । 

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी प्रदर्शनी १३ पुससम्म चल्नेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना, युरोपियन युनियनको सहयोग र फोटो पत्रकार क्लब, नेपाल (पिजे क्लब)को सहकार्यमा फोटो प्रदर्शनी आयोजना गरिएको हो । चार खण्डमा विभाजित प्रदर्शनीमा भूकम्पप्रभावित जिल्लाका गरी करिब एक सय फोटो राखिएका छन् ।