१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १८ बुधबार १७:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

उद्योगधन्दा खोल्ने उचित वातावरण बिना मुलुकको समृद्धि कसरी हुन्छ ? : नेता महतो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १८ बुधबार १७:४१:००

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले उद्योग–मजदुर कसैको पनि सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । 

नेता महतोले उद्योगधन्दा स्थापनाको लागि आवश्यक वातावरण नबनाएपछि कसरी मुलुकको समृद्धि हुन्छ ? भनि प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए । बुधबार १ सय ३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बहुराष्ट्रिय कम्पनीहरु रातारात भागिरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने ऐन, कानुन र सुरक्षाको उचित प्रबन्ध गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सरकारले उद्योगधन्दाको विकास गरी नेपाली श्रम शक्तिलाई लगाउन सके मात्रै ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई सार्थक बनाउन सकिने उनले बताए । 

नेता महतोले विदेशी लगानी भित्र्याएर मुलुकमा उद्योगधन्दाको विकास हुने गरी नीति तथा कार्यक्रम र योजना ल्याउन पनि सरकारसँग माग गरे ।