मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १८ बुधबार १७:२५:००
Read Time : < 1 मिनेट
समाचार

उद्योग संगठनद्वारा दुई मजदुर सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १८ बुधबार १७:२५:००

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उद्योग संगठन मोरङले दुई मजदुरलाई सम्मान गरेको छ । 
 
विराटनगर जुट मिल्स लिमिटेडमा ३६ वर्ष सेवा गरि हाल अरिहन्त मल्टिफाईवर्स लिमिटेडमा कार्यरत विराटनगर १५ निवासी लक्ष्मी तामाङ र रघुपति जुट मिल्स लिमिटेडमा कार्यरत बुढीगंगा गाउँपालिका ४ का बमबहादुर सुवेदीलाई सम्मान गरेको हो ।

श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बुधबार प्रदेश नं. १ का समाजिक विकासमन्त्री जीवन घिमिरे र संगठनका अध्यक्ष भीम घिमिरेले पुराना मजदुरद्धयलाई नगद ११ हजार रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरेका हुन ।

१३०औं अन्तर्राष्टिय श्रमिक दिवसको अवसरमा उद्योग संगठन मोरङले मन्त्री घिमिरको आतिथ्यमा जलापान कार्यक्रम पनि आयोजना गरेको थियो  ।

बुधबार विराटनगरमा नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल टे«ड युनियन महासंघले संयुक्त्त रुपमा श्रमिक दिवस मनाएका छन् । बिरेन्द्र सभा गृहमा आयोजित संयुक्त्त सभामा मन्त्री जीवन घिमिरे, नेपाल ट्रेड युनियन महासंघ प्रदेश कमिटि नं. १ का अध्यक्ष किशोर धमला, अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश कमिटी नंं. १ का अध्यक्ष टिका प्रसाई, लगायत नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्षलगायतले श्रमिक र उद्योगीबीचको सम्बन्ध सृदृढ बनाउन सके देशले संवृद्धि हासिल गर्न सक्नेमा जोड दिए ।