मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १८ बुधबार ११:५७:००
Read Time : > 1 मिनेट
समाचार

१३० औं श्रमिक दिवस काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १८ बुधबार ११:५७:००

सत्तारुढ नेकपा निकट अखिल नेपाल टेड्र युनियन महासंघ, कांग्रेस सम्बद्ध नेपाल ट्रेड युनियन र स्वतन्त्र प्रजातान्त्रिक टेड्र युनियन महासंघले बुधबार छुट्टा छुट्टै कार्यक्रम गरी १ सय ३० औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएका छन् । 

राजनीतिक आस्थाका आधारमा संगठित मजदुर संगठनहरुले बिहान प्रभात फेरी पनि छुट्टा छुट्टै निकालेका थिए । अखिल नेपाल टेड्र युनियन महासंघले सुन्धाराबाट प्रभात फेरी सुरु गरेको थियो । र्यालीमा महासंघमा आवद्ध विभिन्न पेशागत मजदुरहरुको संगठनहरु आ आफ्ना व्यानरमा सहभागी भएका थिए । र्याली भृकुटीमण्डप पुगेर कोण सभामा परिणत भएको थियो । 

त्यसैगरी नेपाल ट्रेड युनियन कांग्रेसले भद्रकालीबाट र्याली निकालेको थियो । र्याली प्रदर्शनीमार्ग स्थित बालमिकी क्याम्पस पुगेर सभामा परिणत भएको थियो । र्यालीमा नेपाल ट्रेड युनियन कांग्रेसमा आवद्ध विभिन्न पेशागत संगठनका मजदुरहरु सहभागी थिए ।

त्यसैगरी स्वतन्त्र प्रजातान्त्रिक टेड्र युनियन महासंघले बिहान बबरमहलमा प्रभातफेरी गरेको थियो । बबरमहलबाट सुरु भएको र्याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

तीन वटै मजदुर संगठनको र्यालीमा  सहभागीहरुले मजदूरहरुमाथिको श्रम शोषण रोकिनुपर्ने माग गरेका थिए । उनीहरुले मर्यादित जीवन र सुरक्षित भविष्यका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७५, श्रम ऐनको कार्यान्वयन गर्न माग गरे । त्यसैगरी उद्योग, प्रतिष्ठान, व्यवसाय र श्रमिकको सूचिकरणलाई कडाईका साथ अघि बढाउनु पर्ने उनीहरुको माग थियो । 

सरकारले मजदूरहरुको न्युनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेपनि पुर्णतया कार्यान्वयन हुन नसकेको तथा न्युनतम पारिश्रमिक न्युन भएको भन्दै मजदुरहरुले विरोध गर्दै आएका छन् । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको शिकागो शहरमा मजदूरहरुले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जना श्रमिकको सम्झनामा सन् १८८९ को मे १ देखि विश्व मजदूर दिवस मनाउन थालिएको हो ।