मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार १८:५४:००
Read Time : < 1 मिनेट
समाचार

पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी काठमाडाैंमा सुरू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार १८:५४:००

२०७२ वैशाख १२ को भूकम्पपछिका पुननिर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । फोटो प्रदर्शनी काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको हो । तीन दिनसम्म फोटो प्रदर्शनीको उद्घाटन  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गरेका हुन् ।

प्रदर्शनीको उद्घाटन गर्दै कार्यकारी अधिकृत  ज्ञवालीले फोटो प्रदर्शनीले भूकम्पपछि पुनर्निर्माण र पुनर्स्थापनाका क्षेत्रहरुमा भइरहेका वास्तविक कामहरु जनतासमक्ष पुर्‍याउन  सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रदर्शनीमा भूकम्प प्रभावित जिल्लाका गरी करिब एक सय तस्बिरहरु राखिएको छ ।