मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७५ पौष ११ बुधबार १७:५७:००
Read Time : < 1 मिनेट
समाचार

परराष्ट्र मन्त्रालयले राष्ट्रपतिका नाममा निकालेको विज्ञप्तीमा गम्भीर लापरबाही

Read Time : < 1 मिनेट
२०७५ पौष ११ बुधबार १७:५७:००

परराष्ट्र मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट निकालेको विज्ञप्तीमा गम्भीर लापरवाही भएको छ । विज्ञप्तीमा लापरवाही भएको विषयमा सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि परराष्ट्र मन्त्रालयको ट्वीटर ह्यान्डलबाट माफि माग्दै त्यसलाई खारेज गरेर आधा घण्टापछि पुनः अर्को विज्ञप्ती निकालेको छ । 


केही दिन पहिले इन्डोनेसियामा गएको सुनामीका कारण धनजनको क्षती भएको थियो । त्यसै विषयमा दुःख व्यक्त गर्दै राष्ट्रपति भण्डारीका नाममा परराष्ट्रले निकालेको उक्त विज्ञप्तीमा ‘समवेदना’ हुनुपर्नेमा ‘बधाई’  शब्दको प्रयोग भएको थियो । विज्ञप्तीमा भएको त्रुटीको विषयमा सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि मन्त्रालयले कमजोरी स्विकार्दै आधा घण्टापछि अर्को विज्ञप्ती निकालेको छ ।

विज्ञप्तीमा भएको त्रुटीलाई सच्याइएको भनी गरिएको ट्वीटमा पुनः अर्को त्रुटी भएको छ । परराष्ट्रले गरेको उक्त ट्वीटमा ‘करेक्टेड’ हुनुपर्नेमा ‘किरेक्टेड’ शब्दको प्रयोग भएको थियो । त्यसको पनि सामाजिक सञ्जालमा आलोचना भएपछि परराष्ट्रले उक्त ट्वीटलाई हटाएर सच्याएको छ । 


मंगलबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले ट्वीट गरेको विषयमा समेत विज्ञप्ती मार्फत जानकारी गराइएको थियो । यसरी ट्वीट गरेका विषयमा समेत विज्ञप्ती निकाल्ने उच्च ओहदाका यस्ता कार्यालयले सामान्य विषयमा समेत ध्यान दिन नसकेको देखिएको छ ।