मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७६ बैशाख १७ मंगलबार १७:४८:००
Read Time : < 1 मिनेट
समाचार

सडक दुर्घटनामा एकको मृत्यु

Read Time : < 1 मिनेट
रासस
२०७६ बैशाख १७ मंगलबार १७:४८:००

मोटरसाइकलको ठक्करबाट घाइते एक साइकल यात्रीको मंगलबार मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६५ प १३१ नम्बरको मोटरसाइकलको ठक्करले घाइते भएका साइकल यात्री शम्भुनाथ नगरपालिका–८ का ६५ वर्षीय हरिहर मण्डलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खडक नगरपालिका–७ स्थित भसराज मावि अगाडि पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलले पछाडिबाट साइकललाई गए राति ठक्कर दिएको थियो । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए ।