१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार १७:३४:००
Read Time : > 1 मिनेट
समाचार

राजेन्द्र महतो भन्छन्, ‘टोलटोलमा पुग्नुपर्ने सरकार पोलपोलमा पुगिरहेको छ, यसरी हुन्छ ?’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार १७:३४:००

राजपा अध्यक्ष मण्डलका संयाेजक राजेन्द्र महतोले नेकपा अध्यक्ष प्रचण्डले सरकारले राम्रो गरेको भन्ने विषयमा आपत्ति जनाएका छन् । उनले भने, ‘प्रचण्डजीले बोल्दिनुभो सब ठिकठाक छ भनेर तर, सब ठिकठाक छैन ।’ उनले ‘रेशम चौधरी यो हाउसमा रहनुपर्छ कि पर्दैैन ?’ भनेर आक्रोश पोखेका छन् । 

महतोले भने, ‘जनताबाट निर्वाचित रेशम चौधरी जेलमा बस्नुपर्ने ? यहि हो लोकतन्त्र ? यसैका लागि लडेको हो हामी ? थारुको छोराले आन्दोलन गर्दा जेल बस्नुपर्ने ?’

नेकपा अध्यक्ष प्रचण्डलाई दुई रंगका व्यवहार हुन नसक्ने भन्दै यता सोच्न र मौन भएर नबस्न आग्रह गरे । उनले भने, ‘दुई तिहाइको सरकार खोदा पहाड, निक्ला चुहा । दुई तिहाइमा के हुँदैन ? हामीले पनि आशा गरेको हो तर खै केहि भएन त । आफ्नै हातले आफ्नो पिठ थप्थप्याएर हुँदैन, जनताले राम्रो गरेको छ भन्नुप-यो नि ।’

महतोले निर्मला पन्तको बलात्कारी कहाँ हरायो ? भन्दै सरकारलाई प्रश्न तेर्स्याए । उनले भने, ‘टोलटोलमा पुग्नुपर्ने सरकार पोलपोलमा पुगिरहेको छ, यसरी हुन्छ ?’

उनले जनताले रगत बगाएर आएको नेपालको संविधान जसरी पनि जोगाउनुपर्ने बताए । उनले संविधान जोगाउनका लागि पनि समयसापेक्ष संशोधन गर्नुपर्ने नत्र दुनियाँको कुनैपनि तागतले जोगाउन नसक्ने पनि जिकिर गरे । ‘संविधान संशोधन गर्छु भनेर सरकारमा गएको हाम्रो एकजना पाटनरलाई खोज्दाखोज्दै भेटिएन,’ उनले सरकारमा सहभागी संघीय समाजवादी फाेरमप्रति लक्षित गर्दै भने।

‘मदन भण्डारी लोकमार्गका नाममा चुरेलाई खत्तम पार्दिने ? मधेसलाई मरुभूमि बनाउने ? चुरेलाई नाश गर्ने काम सरकारले गर्नुभएन नि !’ सरकार संघीयतालाई असफल बनाउन लागेको उनको आरोप छ । महतोले भने,‘अरु काम नपाएपछि सरकार एसिया प्यासिफिक समिट गर्न जान्छ । नेपालीलाई होली वाइनले शुद्ध गर्ने रे ! यस्ता धन्दामा सरकार लागेको छ, अनि कहाँ हुन्छ ?’

बाबुरामले प्रचण्डलाई त्रिभुवनसँग तुलना गर्दै भने, ‘चिल्ला गाडीमा कुदेर धुलो धुँवा देखिन भन्ने ?’

अरुले त ठगे, प्रधानमन्त्रीले ठग्न पाइन्छ ? काम गर्नुस् न : सभापति देउवा

पहिलो विश्वयुद्धपछि अमेरिकातर्फ सिफ्ट भएकाे विश्व राजनीतिक व्यवस्था एसियातर्फ सर्दैछ : प्रचण्ड