मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १७ मंगलबार १५:५७:००
Read Time : < 1 मिनेट
समाचार

खैरो हेरोइनसहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १७ मंगलबार १५:५७:००

नेपाल प्रहरीले नागढुङ्गाबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा जाँचका क्रममा ना ७ ख ५९७२ नं को यात्रुबाहक बसबाट लागुऔषधसहित कैलाली टीकापुरका २५ वर्षीय भरत भण्डारीलाई मंगलबार बिहान पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले सिटमुनी कालो झोलामा १३.८८ ग्राम खैरो हेरोइन लुकाएर ल्याएको अवस्थामा भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका भण्डारीलाई आवश्यक अनुसन्धान भइरहेको वृत्तका प्रमुख थापाले बताए ।