मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर भारतीय सेनाको अतिरिक्त सूचना महानिर्देशनालयको ट्विटरबाट
नयाँ पत्रिका
२०७६ बैशाख १७ मंगलबार १२:४०:००
Read Time : < 1 मिनेट
समाचार

भारतीय सैनिक टोलीले मकालु बेसक्याम्पनजिक भेट्यो यतिको पदचिह्न !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १७ मंगलबार १२:४०:००

भारतीय सैनिक टोलीले मकालु बेसक्याम्पनजिक हिममानव यतिको पदचिह्न भेट्टाएको जनाइएको छ । 

भारतीय सेनाको अतिरिक्त सूचना महानिर्देशनालयले सोमबार सैनिक टोली र यतिको  पदचिह्नको तस्बिरहरुसहित ट्विट गरेर यस्तो जानकारी गराएको हो । 

‘भारतीय सेनाको पर्वतारोहण अभियान टोलीले २०१९ अप्रिल ९ मा मकालु बेसक्याम्पनजिक पहिलोपटक पौराणिक जीव यतिको ३२*१५ इन्च लामो रहस्यमयी पदचिह्न भेटाएको छ । यो मायावी हिममानव विगतमा पनि मकालु–वरुण राष्ट्रिय निकुन्जमा मात्रै देखिएको थियो,’ महानिर्देशनालयले आफ्नो ट्विटर ह्याण्डल @adgpi बाट तस्बिरसहित गरेको ट्विटमा उल्लेख छ । 

यसअघिका सुत्रका आधारमा पनि ती फोटोहरु प्रमाणिकरुपमा मिल्न गएको भारतीय सैनिक स्रोतलाई उद्धृत गरिएको एनडीटीभीको समाचारमा उल्लेख छ ।