१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ बैशाख १६ सोमबार १८:०८:००
Read Time : < 1 मिनेट
विश्व

सरकारले सडकको मर्मत नगरेपछि चित्रकारले बनाए यस्तो चित्र 

Read Time : < 1 मिनेट
२०७६ बैशाख १६ सोमबार १८:०८:००

बेलायतको उत्तरी क्षेत्रमा पर्ने मिडल्सबर्गमा सडक बिग्रिएको एक वर्ष हुँदा पनि नबनाएपछि एक चित्रकारले अनौठो तरिका अपनाए । र, उनको यो तरिकाले तत्काल परिणाम पनि दियो ।

विलि नामका एक चित्रकारले सडकबीचमा परेका खाल्डालाई प्रयोग गरेर लिंगको चित्र बनाइदिए । एकमा रातो र अर्कोमा कालो रंगले लिंगको चित्र पोतेपछि यो फेसबुकमा भाइरल हुनपुग्यो ।
चित्र फेसबुकमा भाइरल भएपछि स्थानीय सरकारले तत्काल सडकमा परेका खाल्डा टाल्यो ।