Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार १६:१८:००
Read Time : < 1 मिनेट
समाचार

संसदीय समितिको बैठकमा प्रचण्ड पहिलो पटक सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार १६:१८:००

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार पहिलो पटक संसदीय समितिको बैठकमा सहभागी भएका छन् । अध्यक्ष प्रचण्ड संघीय संसद प्रतिनिधिसभा अन्तर्गतकाे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका हुन् । बैठकमा प्रचण्डले बैठकमा नियमित उपस्थित हुने प्रतिबद्धता व्यक्त गरे ।  बैठकमा भाग लिँदै अध्यक्ष प्रचण्डले प्रदेश तथा स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापन गर्ने गरी अध्यादेश ल्याइएको उल्लेख गरे ।  

अध्यक्ष दाहालले संघीयताको मान्यता प्रदेश र स्थानीय तहमा बढि अधिकार दिनुपर्ने भएकाले सोही अनुसार कर्मचारी समायोजनाको कामलाई अघि बढाइने जनाए । बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले कर्मचारीहरुको गुनासो सम्बोधन गरेर मात्रै सो अध्यादेशलाई अघि बढाउन सरकार समक्ष आग्रह गरे ।