१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १६ सोमबार १०:१७:००
Read Time : < 1 मिनेट
सप्तरंग

रहेनन् संगीतकार बिजु वज्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १६ सोमबार १०:१७:००

संगीतकार बिजु वज्रको निधन भएको छ । आइतबार बिहान हृदयाघात भएपछि उपचारका लागि उनलाई सिभिल अस्पताल, नयाँ बानेश्वर लगिएको थियो । ४८ वर्षीय वज्रको उपचारकै क्रममा निधन भएको पारिवार स्रोतले जनाएको छ । 

वज्रले संगीत दिएका तिमी मभन्दा कोसौँ टाढा छौ, साँझपख, झरी परिरह्यो, मै ठूली भैछु रे, बिस्तारै छायो आँखामालगायतका दर्जनौँ गीत चर्चित छन् । स्व. फत्तेमान, कर्णदास, सुगम पोखरेलदेखि अहिले चल्तीका गायक युवराज चौलागाईंसम्मका गीतमा उनले संगीत भरेका थिए । 

पाँच वर्षअघिदेखि हृदयरोगबाट पीडित रहेका वज्रको पार्थिव शरीर श्रद्धाजञ्लीका लागि सोमबार पशुपतिमा राखिने संगीतकार संघ नेपालले जनाएको छ । वज्रका श्रीमती, दुई छोरा र एक छोरी छन् ।