Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
विदुर पौडेल
२०७६ बैशाख १५ आइतबार ११:५४:००
Read Time : < 1 मिनेट
समाचार

गाउँपालिका कार्यालयमै खानेपानीको चरम अभाव

Read Time : < 1 मिनेट
विदुर पौडेल
२०७६ बैशाख १५ आइतबार ११:५४:००

सुनकोसी गाउँपालिका क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ । वर्षात्मै पानी अभाव हुने सुनकोसी क्षेत्रमा हिउँदका वेला अधिकांश पानीका मुहान सुक्दा स्थानीयलाई खानेपानीको समस्या हुने गरेको छ ।

गाउँपालिका कार्यालयमै खानेपानी छैन । पानीको अभावमा कार्यालयको शौचालय दुर्गन्धित छ । शौचालयको ट्यांकीमा पानी नहुँदा शौच गर्न जानेले पानी लिएर जानुपर्ने बाध्यता छ । कार्यालयमा पानी अभाव हुँदा दैनिक कामकाजमै समस्या हुने गरेको प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले बताए । 

‘गाउँपालिका कार्यालयमै पानीको चरम अभाव छ भने स्थानीयवासीले पानीको कतिसम्म अभाव झेल्दै आएका छन् सहजै अनुमान गर्न सकिन्छ,’ सुन्दासले भने, ‘पानीको स्रोत पहिचान गरेर आगामी आर्थिक वर्षको बजेट खानेपानी आयोजना निर्माणमा खर्च गर्ने योजना बनाएका छौँ ।’

यतिवेला गाउँपालिकामा अन्य विषयभन्दा पनि खानेपानीको समस्या निकै चुनौतीपूर्ण देखिएको उनले बताए । ‘खानेपानी आयोजना निर्माणका लागि बजेटभन्दा पनि पानीको स्रोतको अभाव छ,’ उनले भने ।

वर्षात्कै वेला पनि अभाव हुन्छ खानेपानी
सुनकोसी क्षेत्रमा वर्षात्को समयमा कम पानी पर्ने स्थानीय बताउँछन् । गाउँपालिकाको अधिकांश क्षेत्र उजाड छ । ‘वनजंगल नभएकाले पानीको स्रोतको संरक्षण हुन सकेको छैन,’ सुन्दासले भने, ‘यहाँका नागरिकको सबैभन्दा ठूलो समस्या नै खानेपानीको अभाव भएको छ ।’

हिउँद लागेसँगै स्थानीयवासी ट्यांकरबाट ओसारेको पानी प्रयोग गर्न बाध्य छन् । बिपी राजमार्ग क्षेत्रमा खानेपानीको अझ ठूलो समस्या छ । राजमार्ग क्षेत्रका सर्वसाधारणदेखि व्यावसायीसम्मले ट्यांकरबाट ओसारेको पानी महँगोमा किनेर प्रयोग गर्दै आएका छन् । गाउँपालिकाको माथिल्लो महाभारत क्षेत्रका केही वडामा खानेपानीको स–साना स्रोत भए पनि तल्लो क्षेत्र अधिकांश सुक्खा भएकाले पानी अभाव हुने गरेको सुनदासले बताए ।