Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १५ आइतबार ११:१६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

अनिद्राले यस्ता समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १५ आइतबार ११:१६:००
  • अनिद्राका कारण शरीरमा कर्टिसोल हर्माेनको उत्पादनमा वृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन् । 
  • अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ । अनिद्राको समस्या निरन्तर रहिरहेमा मुटुसम्बन्धी रोगको खतरा पनि बढेर जान्छ ।
  • निद्रा नपरेमा वा पर्याप्त मात्रामा नसुतेमा यसको असर हाम्रो पाचन प्रणालीमा पनि पर्न जान्छ । यसका कारण मानसिक तनाव उत्पन्न भई पाचन प्रक्रिया पनि धिमा हुने समस्या निम्तिन जान्छ । 
  • अनिद्राका कारणले सम्झने शक्तिमा पनि कमी आउँछ । यसका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ ।
  • अनिद्राको समस्या भएमा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने र काममा मन नजानेलगायत 
  • समस्या हुन्छन् । 
  • मौसमले पनि निद्रालाई प्रभावित पार्न सक्छ । गर्मी मौसममा बढी र जाडो मौसममा कम निद्रा लाग्ने हुन सक्छ ।