१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १४:००:००
Read Time : < 1 मिनेट
समाचार

खोकनाको मुआब्जा वृद्धि गर्दा देशभर असर पर्छ : गृहमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार १४:००:००

गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ द्रुतमार्गको जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने स्पष्ट पारेका छन् ।

सो द्रुतमार्गको प्रस्थान विन्दु खोकना र बुङमतीका स्थानीयले जग्गाको उचित मुआब्जाको व्यवस्था गर्न माग गर्दै आन्दोलन गरिरहेका बेला गृहमन्त्री थापाले जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने स्पष्ट पारेका हुन् ।

बिहीवार संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राज्यले तय गरेको मापदण्ड अनुसार नै खोकना र बुङमतीको जग्गाको पनि मुआब्जा वितरण गरिएको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न नसकिने बताए । सो जग्गाको मात्रै मुआब्जा वृद्धि गर्दा देशभरका अन्य जग्गाको पनि मुआब्जा वृद्धि गर्नुपर्ने भएकाले पनि यसका पुनर्विचार गर्न सक्ने अवस्था नरहेको गृहमन्त्री थापाको भनाई छ ।

गृहमन्त्री थापाले खोकना र बुङमतीको जग्गाको मुआब्जा वृद्धि गर्न सरकारले तोकेको मापदण्ड मै पुनर्विचार गर्नुपर्ने पनि स्मरण गराए ।