१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
वीरेन्द्र अ‍ोली
२०७५ पौष ११ बुधबार ११:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपा स्थायी कमिटी बैठकमा प्रचण्डले भने 'सरकारको विरोध नगरौँ'

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भोली जवाफ दिने

Read Time : < 1 मिनेट
वीरेन्द्र अ‍ोली
२०७५ पौष ११ बुधबार ११:३५:००

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी कमिटीको बुधबारको बैठक सकिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएपछि आजको बैठक सकिएको हो । बैठकमा अध्यक्ष प्रचण्डले वैचारिक, सैद्धान्तिक, सांगठनिक र सरकारका कामकारवाहीका विषयमा धारणा राखेको स्थायी कमिटी सदस्य अग्नि सापकोटाले जानकारी दिए । 

पार्टीले सरकारको विरोध गर्नु भन्दा सघाउनु पर्ने धारणा राख्दै घुमाउराे पारामा  प्रचण्डले सरकारकाे बचाउ गरेका थिए । पार्टी एकता असाधरण एकता भएको र तल्लो तहसम्मको एकतामा ढिलाई भएको स्वीकारोक्ति प्रचण्डले गरेका थिए । सापकोटाका अनुसार बैठकमा नेताहरुले उठाएका प्रश्नहरु जायज रहेको र छिटै यसको सम्बोधन गरिने आश्वासन प्रचण्डले दिएका हुन् ।

अध्यक्ष प्रचण्डले एक घण्टा ५५ मिनेट बोलपछि आजको बैठक सकिएको थियो । नेकपा स्थायी कमिटीको बैठक बिहीबार दिउँसो ३ बजे बस्ने कार्यक्रम रहेको छ । भोलीको बैठकमा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् । ओलीको जवाफपछि नेकपाको स्थायी कमिटी बैठक सकिनेछ । 

आजदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेकाले आजको बैठकमा प्रचण्डले मात्र बोलेका हुन् । २९ मंसिरमा सुरु भएको बैठकमा ४४ जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयको प्रतिवेदनमाथि धारणा राखेका थिए । आधाभन्दा बढी नेताले सरकार प्रभावकारी नभएको र पार्टी नेतृत्व गतिहीन भएको आरोप लगाउँदै जवाफ मागेका छन् ।