१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ बैशाख १४ शनिबार ०९:३०:००
Read Time : > 3 मिनेट
अर्थ

धनाढ्यको रोजाइका १० कार

Read Time : > 3 मिनेट
२०७६ बैशाख १४ शनिबार ०९:३०:००

१. रोल्स रोयस फ्यान्टम
बेलायती लक्जरी अटोमोबाइल निर्माता कम्पनी रोल्स रोयस मोटर कार्र लिमिटेडद्वारा उत्पादित रोल्स रोयस फ्यान्टम इडब्लुबीको पछाडिको क्याबिन ९ दशमलव ६ इन्चभन्दा ठूलो छ । यसका दुई थ्रोनले मसाजिङ, हिटिङ, कुलिङ र रिक्लाइनिङ गर्ने काम गर्छ भने यसमा भएका बटनले ट्रे टेबल्स, ट्याब्लेट, ढोका, फुटरेस्ट र क्लोथ कर्टेन सञ्चालन गर्छ । यसका सिटहरूका बीचमा स्याम्पेन कुलरका लागि पावर पनि रहेको छ । यसमा साउन्ड प्रुफ सिस्टम जडान छ । 

यसका टायरहरूमा पनि आवाज नआउने फोम राखिएका कारण गाडी गुडेको थाहै हुँदैन । बजारमा यसको मूल्य ५ लाख २५ हजार डलर रहेको छ । यसले रेटिङ स्केलमा ५ तारा पनि पाएको छ । यस हिसाबले यो धनीवर्गका लागि उपयुक्त कार हो ।
 
२. बेन्ट्ले मुल्सेन

बेलायती कार कम्पनी बेन्ट्लेको ध्वजाबाहक कार हो, मुल्सेन । यसका भित्री भागहरू ट्यान्ड हाइडले छोपिएका छन् । हातले पोलिस गरिएका र ब्लिच नगरिएका काठका टुक्राका कारण यसको क्याबिनमा न्यानो महसुस हुन्छ । यसमा रहेका बत्तीहरूलाई मुडअनुसार समायोजन गर्न सकिन्छ । यसमा भएका १० दशमलव २ इन्चका ट्याब्लेटमा लाइभ टिभी चलाउन सकिन्छ र ब्लुटुथ हेडफोनको माध्यमबाट कल पनि गर्न सकिन्छ । 

तीन वैकल्पिक बोतल कुलरबाट गिलासमा स्याम्पेन हाल्न वा मसाजिङ सिटमा बस्दा प्रयोग गर्नका लागि इन्टर्नल मेमोरी, माइक्रो एसडी र युएसबी प्रविधिलाई जडान गरिएको छ । भेडाको ऊनले बेरिएको व्यक्तिगत फुटरेस्ट पनि आरामदायी छ । बजारमा यसको मूल्य ३ लाख हजार ६ सय ७० डलर रहेको छ भने यसले पनि समीक्षकको रेटिङमा ५ तारा प्राप्त गरेको छ ।

 ३. लेक्सस एलएस ५००
जापानी अटोमोबाइल कम्पनी टोयोटाको लक्जरी डिभिजनको लेक्सस मोडलको फ्ल्यागसिप कार हो, लेक्सस एलएस ५०० । लेक्सस, उसका प्रतिद्वन्द्वी कारका तुलनामा भने त्यति ठूलो छैन । तर, यसको क्याबिन भने निकै उत्कृष्ट छ । ढोका र झ्यालमा छालाका सिल्की कपडा बेरिएको हुन्छ र यिनीहरूमा हातले बनेका काठेवस्तुले सजावट गरिएको हुन्छ । यसमा ल्यापटप राख्न मिल्ने कम्पार्टमेन्ट पनि हुन्छ । रेटिङ स्केलमा तीन तारा पाएको यो कारको बजारमूल्य ९८ हजार ४ सय डलर तोकिएको छ । 

४. मर्सिडिज मे ब्याच एस ६५०
मे ब्याच ब्रान्डका कारमा ८ इन्चको ह्विलबेस छ, जसले पछाडिको सिटलाई ४३ डिग्रीसम्म मोड्न सहयोग गर्छ । यसमा चारैतिर समायोजन गर्न सकिने हेडरेस्ट छ । यदि यो पर्याप्त लाग्दैन भने यसमा टाँस्न मिल्ने आरामदायी तकिया पनि छन् । यात्रुहरूले खुट्टालाई आराम गराउन फुटरेस्ट, मजास प्रोग्राम, पावर फोल्डिङ ट्रेर हिटेड आर्मरेस्टको आनन्द पनि लिन सक्छन् । स्याम्पेन चिसो बनाउन यसमा सानो रेफ्रिजेरेटर पनि छ । यसमा तातो र चिसो बनाउन कप होल्डर छन् । 

वाइफाई हटस्पटले उपकरणमा स्ट्रिमिङ गर्न र ट्याब्लेटमा पनि वाइफाई चलाउन सकिनेछ । बजारमा यसको मूल्य १ लाख ९९ हजार ९ सय डलर रहेको छ भने यस ब्रान्डका कारले चार ताराको रेटिङ पाएको छ । 

५. पोर्च प्यानामेरा टर्बो एक्जिक्युटिभ
जर्मन अटोमोबाइल कम्पनी पोर्चले उत्पादन गरेको यो कारका इन्जिन अगाडि भागमा रहेको छ । यसको ह्विलबेसमा ६ इन्चको प्यानामेरा टर्बो रहेको छ र यसको छत पनि ठूलो हुन्छ । यसमा १० इन्चको मनोरञ्जनात्मक स्क्रिन र साउन्ड स्पिकर पनि रहेको छ । यसमा रहेको कार्बन फिल्टरले पोलेन, भाइसर, ब्याक्टेरिया र प्रदूषणलाई सोसेर यात्रुलाई स्वच्छ हावाको अनुभूति गराउँछ । यसको बजारमूल्य १ लाख ६१ हजार ९ सय डलर रहेको छ भने यसलाई चार ताराको रेटिङ दिइएको छ ।
 
६. बिएमडब्लू एम ७६० आइएक्स ड्राइभ
जमर्न अटो निर्माता कम्पनी बिएमडब्लूद्वारा उत्पादित यस कारमा भी–१२ पोटेन्ट रहेको छ, जसलाई जुनसुकै पांग्रामा पनि लगाउन सकिन्छ । यसले कारको रफ्तारलाई सहज बनाउँछ । पछाडिको सिटलाई मोड्न, तातो र चिसो बनाउन सकिन्छ । यसमा आठवटा मसाज मोड रहेका छन्, जसमध्येका दुईवटालाई बिएमडब्लूले ‘भाइट्यालिटी प्रोग्राम्स’को नाम दिएको छ । यिनीहरू सबै टचस्क्रिनबाटै सञ्चालन गर्न सकिन्छ । यसमा वाइफाई पनि छ र दायाँतर्फको सिटलाई मात्रै फोल्ड गरेर वर्कटेबल बनाउन सकिन्छ । यसमा सानो, हटाउन मिल्ने ट्याब्लेट–रिमोट रहेको छ, जसले वातावरणीय सेटिङलाई सञ्चालन गर्न सकिन्छ । ७ सिरिजका कारमा प्यानारोमिक छतलाई विभिन्न रङका एलइडी बत्ती लगाउन सकिन्छ । यसको बजारमूल्य १ लाख ५६ हजार ७ सय डलर कायम गरिएको छ । यसले चार तारा पाएको छ ।

७. ज्यागुअर एक्सजेएल सुपर चेन्ज्ड
बेलायती कार उत्पादक कम्पनी ज्यागुअरको ध्वाजाबाहक कार ज्यागुुअर एक्सजेएल सुपर चेन्ज्डमा पछाडिपट्टि ३ दशमलव ६ फिटको लेगग्रुम रहेको छ भने यसमा १० दशमलव २ इन्चको हाई डेफिनिसन स्क्रिन, फोल्डिङ बिजनेस टेबल र फुटरेस्ट पनि रहेको छ । यसमा एलइडी लाइट पनि जडान गरिएको छ भने मेरिडियन साउन्ड सिस्टमले यसलाई पूर्ण गरिदिन्छ । बजारमा यसको मूल्य ९७ हजार २ सय डलर छ भने यसले चार तारा रेटिङ पाएको छ । 

८. जेनेसिस जी ९०–५.०
कोरियाली लक्जरी अटो निर्माता कम्पनी हुन्डाईको सहायक कम्पनी जेनेसिसले उत्पादन गरेको यो चार ढोका भएको पूर्ण आकारको लक्जरी सेडान कार हो । यसको अमेरिकामा भने बिक्रीको स्तर खासै राम्रो छैन । यस कारमा थोरै मूल्यमा आकर्षक फिचरहरू उपलब्ध छन् । यसमा पावर विन्डो, प्राइभेसी सेड्स र १० दशमलव ३ इन्चको एलसिडी स्क्रिन रहेको छ । सिटहरूलाई १४ तरिकाले तताउन वा चिस्याउन सकिन्छ भने यसमा खुट्टालाई आराम दिने फिचर पनि उपलब्ध छन् । पछाडिको सिटमा मेमोरी सेटिङ पनि राखिएको छ । तीन रेटिङ स्केल दिइएको यो कारको मूल्य ७५ हजार ३ सय ५० डलर निर्धारण गरिएको छ । 

९. लिंकन कन्टिनेन्टल रिजर्भ 
लिंकन कन्टिनेन्टल रिजर्भ अमेरिकी अटो निर्माता कम्पनी फोर्ड मोटरको एकाइ लिंकनले उत्पादन गरेको मध्य तथा पूर्ण आकारको लक्जरी कार हो । यसको पछाडिको सिटले थिएटरमा बसेको अनुभव दिलाउँछ । सिटका हात अड्याउने ठाउँमा एस्ट्रे रहेका छन् र बटन थिचेपछि यसका ढोका खुल्छन् । पछाडिको सिटमा मसाजको व्यवस्था पनि रहेको छ भने यसले अगाडिको प्यासेन्जर सिटलाई पनि समायोजन गर्छ । यसमा आवाज रोक्ने सिस्टम पनि जडान गरिएको छ । बजारमा यसको मूल्य ६४ हजार ६ सय ५ डलर तोकिएको छ भने यसलाई रेटिङमा तीन तारा दिइएको छ ।

१०. आउडी ए ८
जर्मन अटो निर्माता आउडीले उत्पादन गरेको यो चार ढोकासहितको लक्जरी सेडान कार हो । यसमा वर्क टेबुल, हटाउन सकिने ट्याब्लेट र विशेष किसिमको आरामदायी सिट छ । यसमा आफ्नो जुत्ता फुकालेर मसाजिङ फुटरेस्टको आनन्द लिन सकिन्छ । यसको पछाडिको सिटमा युएसबी, घरायसी पावर आउटलेट भएको डुअल ट्याब्लेट मनोरञ्जनात्मक सिस्टम छ । पाँचमध्ये तीन तारा पाएको यो कारको बजारमूल्य ८३ हजार ८ सय डलर रहेको छ ।

(एजेन्सीको सहयोगमा)