मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २४ सोमबार ०२:२५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मोटरसाइकल सिक्दा यी कुरामा ध्यान दिऔँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २४ सोमबार ०२:२५:००

१.तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने मानसिक रूपमा पनि त्यसका लागि तयार हुन जरुरी छ। तसर्थ, म सिक्न सक्छु भन्ने  मानसिकता बनाउनुहोस् ।
२.तपाईं २० हर्सपावरको मोटरसाइकल पनि थाम्न सकिरहनुभएको छैन भने एक सय हर्सपावरको सिक्ने प्रयत्न कदापि नगर्नुहोला । सानो डिस्प्लेसमेन्ट भएको हल्का किसिमको मोटरसाइकल नियन्त्रण गर्न सजिलो हुन्छ ।

३.हेल्मेटलगायतका सुरक्षा सामग्री लगाएर मात्र मोटरसाइकल सिक्न अग्रसर हुनुहोस् । बाक्लो ट्राउजर र जुत्तासहित शरीरको माथिल्लो भाग पनि ढाक्ने किसिमका लुगा लगाउनुहोस् ।
४.सुरुमा खाली मैदान र पछि कम भिडभाड भएका ठाउँमा मात्र चलाउनुहोस् ।
सुरुमै भिडभाडमा चलाउँदा धेरै किसिमका खतरा आउँछन् ।

 

 

#मोटरसाइकल सिक्दा