१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १३ शुक्रबार ०८:१७:००
Read Time : < 1 मिनेट
सप्तरंग

ड्रागन थाङ्काका किसन सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १३ शुक्रबार ०८:१७:००

ड्रागन इन्भेस्टमेन्ट तथा थाङ्का आर्ट ग्यालरीका किसनराज सिंहलाई वर्ल्डबुक अफ रेकर्ड लन्डनले सम्मान गरेको छ । उनलाई ठमेलको छाया कम्प्लेक्सस्थित ड्रागन थाङ्का ग्यालरीमा प्रमुख अतिथि तथा बिट्सबिटका अध्यक्ष राजेन्द्र गिरीले सम्मान गरेका हुन् । 

वर्ल्ड स्टान्डर डिजासन सर्टिफिकेट (डब्लुएससी) बाट सम्मानित किसनराज सिंह १५ वर्षदेखि थाङ्का आर्टको प्रवद्र्धनमा लागेका छन् । परम्परागत बौद्ध कलामा मात्र सीमित नभई विभिन्न स्थानीय देवीदेउता र चर्चित मौलिक चित्र पनि थाङ्कामा अट्न थालेका छन् । उनी आफू इतिहास र मौलिक कला झल्किने खालका थाङ्का निर्माणमा जुटिरहेको बताउँछन् । किसन भन्छन्, ‘नेपाली मौलिक कलालाई थाङ्कामा समेट्दै अन्तर्राष्ट्रिय बजारमा चिनाउने कोसिस हो मेरो।’

जापान, कोरिया, चीन, अमेरिकालगायत १० मुलुकमा पौभा चित्र पठाइरहेका थाङ्का व्यापारी किसनको छाया कम्प्लेक्सस्थित ड्रागन थाङ्का आर्ट ग्यालरीमा पाँच सय रुपैयाँदेखि तीन लाखसम्मका थाङ्का छन् । अहिले पनि सयभन्दा बढी कलाकारले रोजगारी पाइरहेका छन् ।