मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १२ बिहीबार १८:५४:००
Read Time : > 1 मिनेट
प्रदेश

विपतमा मृत्यु भएका ५१ परिवारलाई प्रदेश ५ सरकारले राहत दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १२ बिहीबार १८:५४:००

प्रदेश ५ मा एक वर्षमा विपतमा परी मृत्यु भएका ५१ जनाको परिवारलाई प्रदेश सरकारले राहत दिने भएको छ । प्रदेश सरकार मन्त्रीपरिषदको बिहीबारको बैठकले ४ फागुन ०७४ देखि पुस मसान्त ०७५ सम्म मृत्यु भएका परिवारका आफन्तजनलाई राहत प्रदान गर्ने निर्णय गरेको हो । 

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले पेश गरेको विवरण अनुसार सो अवधिमा ५१ जनाको बिपतमा परी मृत्यु भएको छ । प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीका अनुसार मृतकका परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । 

यस अवधीमा बाढी, पहिरो, आगलागी, चट्याङ, करेन्टलगायतका कारण प्देशका विभिन्न जिल्लाका ५१ जनाले ज्यान गुमाएको प्रदेश सरकारले जनाएको छ । 

तीनवटा रंगशाला बनाउन स्वीकृत
मन्त्रीपरिषद बैठकले प्रदेशमा तीन वटा रंगशालाका बारेमा पनि निर्णय गरेको छ । जसमा दाङको राप्ती गाउपालिका ७ वसन्तपुरमा अन्तराष्ट्रिय रंगशाला बनाउन स्वीकृत गरेको छ । जहाँ १ सय ७२ विगाहा १९ कठ्ठा १ धुर जग्गा गाउँपालिकाले उपलब्ध गराउने छ । 

त्यस्तै दाङकै घोराही उपमहानगरपालिका १६ मा रहेको नेत्रलाल अभागी रंगशालाको स्तरउन्नती गर्न पनि स्वीकृत गरेको छ । मन्त्रीपरिषद बैठकले बुटवल १३ जवइ खेल मैदानमा उजिरसिंह रंगशाला निर्माणका लागि पनि स्वीकृत गरेको छ । मन्त्रीपरिषदबाट स्वीकृत प्राप्त भएपछि अब डिपिआर वनाउनेदेखि अन्य प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।  

प्रदेशमा विदा सम्बन्धि निर्णय
प्रदेश ५ सरकारले यस वर्षका लागि प्रदेशभरका लागि ४ दिन सार्वजनिक विदा तय गरेको छ । त्यस्तै २ दिन स्थानीय विदा तय गरेको छ । प्रदेशभरी बिदा दिने गरी प्रदेश सरकारले बकर इदमा एक दिन, माघि र माघे संक्रान्तिमा १ र २ माघमा (२ दिन) र प्रदेश स्थापना दिवसमा ३ फागुनका दिन बिदा दिने निर्णय गरेको छ । 

त्यस्तै स्थानीय चाडपर्वलाई मध्यनजर गरी स्थानीय तहको निर्णयबाट एक दिन तथा समुदायमा आधारित विदा समुदायका कर्मचारीले पाउने गरी एक दिन गरी जम्मा ६ दिन बिदाका बारेमा मन्त्रीपरिषद बैठकले निर्णय गरेको छ ।