Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १२ बिहीबार १३:२८:००
Read Time : < 1 मिनेट
समाचार

वडा अध्यक्षले गरे आफ्नो सबै तलब भत्ता सामाजिक कार्यमा खर्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १२ बिहीबार १३:२८:००

गोरखा शहिद लखन गाउँपालिका -७ बुङ्कोटका वडा अध्यक्ष शरण श्रेष्ठले आफ्नो अहिलेसम्मको तलब भत्ता सामाजिक कार्यमा खर्च गरेका छन् । निर्वाचित भएदेखि अहिलेसम्म (२१ महिना) को तीन लाख ७८ हजार पारिश्रमिक र ८० हजार रुपैयाँ भत्ता उनले विभिन्न सामाजिक कार्यमा खर्च गरेका हुन् । 

जस अन्तर्गत वडा कार्यालय भित्र रहेका पाँच वटा विद्यालयलाई २०७६ को शैक्षिक सत्रका लागि (बाल कक्षा देखि ५ सम्म) अंग्रेजी माध्यामको सबै पाठ्यपुस्तक निशुल्क उपलब्ध गराएको अध्यक्ष श्रेष्ठले बताए । 

कक्षा १ देखि ५ सम्म यस शैक्षिक सत्रदेखि गाउँपालिकाको समन्वयमा अंग्रेजी माध्यामबाट पठनपाठन गराउने निर्णय गरे अनुसार सो कामको थालनी गरेको उनले बताए । 

त्यस्तै उनले गोरखाको शहिद लखन गाउँपालिका -७ का तीन सन्तान नै अपाङ्ग भएका धनबहादुर श्रेष्ठको घर निर्माणमा नगद ७५ हजार सहयोग गरेका थिए । उनले केही समय अगाडि बारा पर्सामा हावाहुरीबाट पीडित भएकाहरुका लागि गोरखा जेसिज मार्फत १५ हजार सहयोग गरेका थिए । 

अध्यक्ष श्रेष्ठले गाउँपालिका भित्रका विभिन्न मन्दिर निर्माण, शिक्षा स्वास्थ्य क्षेत्रमा र असाहयहरुलाई सहयोग गर्दै आइरहेका छन् । आगमी दिनमा पनि आफ्नो पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्दै जाने र खर्चको जानकारी प्रेस विज्ञप्तिमार्फत दिने उनले बताए ।