१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख १२ बिहीबार ११:२१:००
Read Time : < 1 मिनेट
प्रदेश

न्यायिक संवादका लागि जिल्ला न्यायाधीश गाउँगाउँमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख १२ बिहीबार ११:२१:००

न्यायिक प्रक्रियामा नागरिकको पहुँच वृद्धिका लागि जिल्ला अदालत गुल्मीले न्यायिक संवाद गरेको छ । गाउँगाउँ र जनस्तरसम्म न्यायिक पहुँच वृद्धिका लागि जिल्ला अदालत गुल्मीले चार स्थानमा न्यायिक संवाद गरेको स्रेस्तेदार कृष्णशरण लामिछानेले बताए ।

जिल्लाको कालीगण्डकी गाउँपालिकाको हर्मिचौर, मालिका गाउँपालिकाको सिमलटारी, धुर्कोट गाउँपालिकाको वस्तु र इस्मा गाउँपालिकाको हस्तिचौरमा कार्यक्रम सम्पन्न भएकोे छ । जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपाने न्यायिक संवादका लागि आफैँ गाउँगाउँमा पुगेका छन् । 

जिल्ला न्यायाधीश रामप्रसाद न्यौपानेले कानुनको अज्ञानता क्षम्य नहुने बताए । उनले गाउँमा कानुनी सचेतना नभएकाले धेरै फसिएको बताए । न्यौपानेले कानुनको अज्ञानता देखाएर प्रहरी, राजनीतिक दल, गाउँका अगुवालगायतले विभिन्न घटनामा अनुपयुक्त भूमिका खेल्दा अपराध लुक्ने र भोलि त्यसले समाजमा झनै खतरा निम्त्याउने बताए ।