१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार १०:२३:००
Read Time : < 1 मिनेट
खेलकुद

आगामी महिना युएईविरुद्ध सिरिज खेल्ने तयारीमा नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार १०:२३:००

आगामी महिना नेपाली राष्ट्रिय क्रिकेट टिमले युएईविरुद्ध एकदिवसीय र टी–२० क्रिकेट शृंखला खेल्ने तयारी गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने खेलमा नेपालले समान ३–३ खेलको एकदिवसीय र टी–२० शृंखला खेल्नेछ । जसका लागि आइसिसीसमक्ष युएई र नेपालले संयुक्त रूपमा माघ दोस्रो साताको मिति प्रस्तावित गरेका छन् । 

नेपालको चौंथो एकदिवसीय खेल 
नेपालले गत वर्ष जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटको दौरान शीर्ष ८ मा रहँदै चार वर्षका लागि एकदिवसीय मान्यता पाएको थियो । त्यसयता नेपालको यो चौथो एकदिवसीय खेल हो । युएईविरुद्ध भने नेपालको यो दोस्रो एकदिवसीय भिडन्त हो । प्रस्तावित मितिलाई आइसिसीले स्वीकृति दिए ११ देखि १४ माघसम्म एकदीवसीय सिरिज हुनेछ । त्यस्तै, १७ देखी २० माघसम्म ३ खेलको टी–२० सिरिज युएईमा खेलिनेछ ।


 आइसिसीको सहयोग
नेपाल क्रिकेट संघ क्यानको निलम्बन जारी रहेकाले सिरिजका लागि आवश्यक सहयोग आइसिसीले गरेको छ । युएईले नेपालसँग एकदिवसीय र टी–२० का लागि प्रस्ताव गरेको थियो । जसमा नेपालको पनि सहयोग भएपछि खेलाडी र प्रशिक्षकको आग्रहमा आइसिसी शृंखला खेलाउन सकरात्मक रहेको छ । यसअघि नै युएईविरुद्धको शृंखला तय भए पनि आधिकारिक मिति प्रस्ताव गरिएको थिएन ।

नेपालले खेलेका तीन एकदिवसीय
नेपालले गत अगस्टमा एकदिवसीय वान डे अन्तर्राष्ट्रियमा डेब्यु गर्दै नेदरल्यान्ड्ससँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले पहिलो शृंखलामा १–१ को बराबरी गरेको थियो । तेस्रो एकदिवसीय खेलमा यसअघि पनि नेपालले युएईसँग प्रतिस्पर्धा गरेको थियो । एसियाकप क्वालिफायरका दौरान गत अगस्टमा मलेसियामा भएको खेलमा नेपाल ७८ रनले पराजित भएको थियो ।