१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार ०९:५५:००
Read Time : < 1 मिनेट
सप्तरंग

शान्तिको रुचि  अभिनय र निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार ०९:५५:००

आफन्त, यात्रा जिन्दगीको, झट्कालगायतका टेलिसिरियलमा प्रमुख भूमिका निर्वाह गरिसकेकी कास्की, लेखनाथकी शान्ति पौडेल कलाकारितालाई नै करिअर बनाउन प्रयासरत छिन् । स्नातक तेस्रो वर्षमा अध्ययनरत उनले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । 

अभिनयका साथै फिल्म निर्देशनमा पनि रुचि रहेको बताउने शान्तिले ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’, ‘ड्रिम गर्ल’लगायतका केही फिल्ममा सहायक निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेकी छिन् । विगत सात वर्षदेखि कलाकारितामा क्रियाशील उनी आरबी मुभिजमा नृत्य प्रशिक्षकका रूपमा समेत काम गरेको बताउँछिन् ।

 ‘धेरै काम गरेर होइन, थोरै तर गुणस्तरीय प्रोडक्टबाट चिनिन चाहन्छु,’ उनी भन्छिन्, ‘अभिनयका साथै भविष्यमा फिल्म निर्देशन गर्ने योजना छ । त्यसैले अहिलेदेखि नै निर्देशनका विविध पक्षसँग भिजिरहेकी छु ।’