मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार ०९:५५:००
Read Time : < 1 मिनेट
सप्तरंग

अब छपाकमा दीपिका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ११ बुधबार ०९:५५:००

विवाहपछि दीपिका पादुकोण र रणवीर सिंह बलिउडमा दोस्रो इनिङको सुरुवात गर्दै छन् । रणवीर अहिले ‘सिम्बा’को प्रमोसनमा जुटेका छन् भने दीपिका आफ्नो नयाँ फिल्म ‘छपाक’ सुटिङको तयारीमा छिन् । 

दीपिकाले ‘छपाक’ मा एसिड आक्रमणबाट पीडित लक्ष्मी अग्रवालको भूमिका निर्वाह गर्नेछिन् । दीपिकाले हालै ट्विटरमार्फत यो जानकारी दिएकी हुन् । आफू यो फिल्मलाई लिएर निकै उत्साही भएको उनी बताउँछिन् । मेघना गुलजारले निर्देशन गर्ने फिल्मको सुटिङ मार्च पहिलो साताबाट सुरु हुनेछ ।

दीपिका अचेल सोही चरित्रमा उत्रने अभ्यासमा लागेकी छिन् । ‘पद्मावत’पछि दीपिकालाई दर्शकले पर्दामा हेर्न पाएका छैनन् । त्यसकारण पनि छपाकलाई विशेष रूपमा हेरिएको छ ।