१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ११ बुधबार ०८:४७:००
Read Time : < 1 मिनेट
अर्थ

कुमारीले जितिन् नयाँ पत्रिकाको साप्ताहिक उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ११ बुधबार ०८:४७:००

नयाँ पत्रिका राष्ट्रिय दैनिकले सञ्चालन गरिरहेको ‘जसले पढ्छ, करोडपति बन्छ’ नामक ग्राहक योजनाअन्तर्गतको तेस्रो साताको साप्ताहिक उपहार बालकुमारी, ललितपुरकी कुमारी गिरीले जितेकी छन् । उनले साप्ताहिक उपहारअन्तर्गत जेजे ज्वेलर्सको ५० हजारबराबरको गिफ्ट भौचर प्राप्त गरिन् ।

नयाँ पत्रिका कार्यालय पुतलीसडकमा मंगलबार गरिएको लक्की ड्रमार्फत रसिद नम्बर २३३५८ मा वार्षिक ग्राहक बनेकी गिरीले उपहार जितेकी हुन् । 
ग्राहक योजनासँगै मासिक र साप्ताहिक लक्की ड्र पनि रहेका छन् । मासिक लक्की ड्रमा बेनेली बाइक एकजनालाई र साप्ताहिक लक्की ड्रमा ५० हजार रुपैयाँको गिफ्ट  भौचर प्रदान गरिनेछ । 

यसबाहेक हरेक ग्राहकले स्क्र्याच कार्डमार्फत चन्द्रागिरि केबलकारको दुईवटा टिकट, ल्यापटप, ३२ इन्चको एलइडी टेलिभिजन, २ हजार ५ सय रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मको गिफ्ट  भौचर, स्मार्टफोेन र स्ट्यान्ड फ्यानमध्ये  एक उपलब्ध गर्न सक्नुहुनेछ । ग्राहक बन्दा नै स्क्र्याच कार्ड उपलब्ध हुन्छ ।