मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अनु आचार्य
२०७६ बैशाख ११ बुधबार ०८:१८:००
Read Time : < 1 मिनेट
समाचार

बैंकले दिन थाले भूकम्प पीडितलाई सहुलियत ऋण

Read Time : < 1 मिनेट
अनु आचार्य
२०७६ बैशाख ११ बुधबार ०८:१८:००

रसुवामा रहेका केही बैंकले भूकम्प पीडितलाई सहुलियत ऋण दिन सुरु गरेका छन् । जनता बैंक र नेपाल बैंकले भूकम्प पीडितलाई सहुलियत ऋण दिन सुरु गरेका हुन् ।  निवेदन दिने भूकम्प पीडितलाई सहुलियत ऋण दिन थालिएको ती बैंकले जनाएका छन् । ऋणका लागि जनता बैंकमा चार  र नेपाल बैंकमा दुईवटा निवेदन परेको छन् । निवेदन दिएकालाई सहुलियत ऋण प्रदान गर्न प्रक्रिया सुरु गरिएको नेपाल बैंक धुन्चे शाखाका प्रमुख सञ्जीव लामाले जानकारी दिए ।  

संवाद समूह रसुवाले आयोजना गरेको कार्यक्रममा सबैजसो बैंकका प्रतिनिधिले भूकम्पपीडितलाई सहुलियत ऋण दिन सकिने बताएका छन् । पहिलो किस्ता बुझेर घर बनाउन नसकेका र दोस्रो किस्ता नबुझेका पीडितले मात्रै यस्तो कर्जा प्राप्त गर्नसक्ने लामाले बताए । प्रक्रिया पुगेका भूकम्प पीडितलेविना धितो दुई प्रतिशत ब्याजदरमा तीन लाख रुपैयाँसम्म ऋण प्राप्त गर्नसक्ने उनको भनाइ छ । 

‘यसका लागि इन्जिनियरको रिर्पोट, पुनर्निर्माण प्राधिकरणको सिफारिस र लालपुर्जा बैंकमा पेस गर्नुपर्छ,’ लामाले भने । बैंकबाट सहुलियत ऋण लिएका भूकम्प पीडितले पाँच वर्षभित्र ऋण चुक्ता गरिसक्नुपर्ने प्रावधान छ ।

सरकारले तीन महिनामा एकपटक पाँच प्रतिशत ब्याज भने लाभग्राहीको खातामा नै जम्मा गरिदिनेछ । जिल्लामा १२ हजार चार सय ९२ लाभग्राही छन् । जसमा ११ हजार सात सय ३१ ले पहिलो किस्ताबापतको रकम बुझिसकेका छन् । १० हजार नौ सय ११ ले दोस्रो र नौ हजार ६ सय ७३ जनाले तेस्रो किस्ताबापतको रकम बुझेका छन् ।