मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ बैशाख १० मंगलबार ०७:३४:००
Read Time : > 1 मिनेट
अर्थ

सस्तो मूल्यमा उच्चस्तरीय युरोपेली गुणस्तर

टेक्नोलोजी ट्रेन्ड/ हाइसेन्स एसी

Read Time : > 1 मिनेट
२०७६ बैशाख १० मंगलबार ०७:३४:००

मानिसको क्रयशक्ति बढेसँगै आवश्यकता पनि परिवर्तन हुँदै जान्छन् । पहिले विलासी रहेको सामान अहिले आवश्यकतामा परिणत हुन सक्छ । यसको एउटा उदाहरण हो एयर कन्डिसनर अर्थात् एसी । नेपालको मौसम अन्य देशको तुलनामा धेरै राम्रो मान्ने प्रशस्तै छन् । तर, तराईको गर्मी अनि केही अघिदेखि देखिन थालेको शीतलहर । भित्री मधेसको गर्मी । पहाडी भेगको वर्षाको गर्मी र हिउँदको जाडो अनि उच्च पहाडी र हिमाली भेगको चिसोका कारण अहिले सक्नेले एसी जडानमा चासो दिने क्रम बढ्दै गएको छ ।

एसीको बजारमा हाइसेन्सले आक्रामक बजार विस्तार गरिरहेको छ । इन्भर्टर मोडेलका एसीमा हाल सिलिङ एसी, सिलिङ क्यासेट एसी, स्प्लिट एसी र स्ट्यान्ड एसी बिक्री गरिरहेको नवीन डिस्ट्रिब्युटर्सले चाँडै सेन्ट्रल एसी पनि बिक्री सुरु गर्ने जनाएको छ । कम्पनीले आप्mनो ब्रान्डमा एसी निर्माण गरी बिक्री गर्ने मात्र नभई यसको प्लान्टमा अन्य ब्रान्डका टिभी पनि निर्माण गर्दै आएको छ । कतिपय विद्युतीय सामग्रीको ब्रान्ड भए पनि त्यसको उत्पादन गर्ने कारखाना हुँदैन । उनीहरूले अन्य कम्पनीको कारखानामा आफ्नो ब्रान्ड उत्पादन गर्छन् । कम्पनीले हाल टिभी, फ्रिज, एसी, चेस्ट फ्रिजरलगायतका सामग्री उत्पादन गरिरहेको छ । 

मूल्य
स्प्लिट एसी 
१ टन : रु. ५९,७००
१.५ टन : रु. ८०,०००
२ टन : रु. ९५,८००
स्ट्यान्ड एसी
२ टन : रु. १,४९,७००
४ टन : रु. २,३५,०००

सिलिङ क्यासेट एसी 
१ टन : रु. ९४,६००
१ं.५ टन : रु. १,१०,०००
२ टन : रु. १,५३,२००
३ टन : रु. २,०४,१००
४ टन : रु. २,२८,०००

कम्पनीको विश्वास

आशिष टिवडेवाला
निर्देशक, नवीन डिस्ट्रिब्युटर प्रालि

हाइसेन्सका उत्पादन २५ वर्षदेखि नेपालमा बिक्री भइरहेको छ । सर्भिस सेन्टर र अन्य उत्पादनको हिसाबले हेर्दा हाइसेन्सको आप्mनै बजार छ । अन्य ठूला ब्रान्डले समेत आफ्ना  सामान हाइसेन्सको कारखानामा बनाउँछन् । १२ वर्षदेखि चीनमा हाइसेन्स टिभीमा १ नम्बरमा छ । विश्वमा ३ नम्बरमा छ । चीनमा इन्भर्टर एसीको बजार १ नम्बरमा छ । त्यस्तै, नेपालमा २ नम्बरमा छौँ भन्ने हामीलाई विश्वास छ । अबको २ वर्षमा एक नम्बरमा पुग्ने विश्वासका साथ लागिपरेका छौँ ।

विशेषता
-कमर्सियल र डोमेस्टिक गरी दुई रेन्जका उत्पादन
-इन्भर्टर मोडेलका कारण ४० प्रतिशत कम विद्युत् खपत
-इन्भर्टर एसीले ५० डिग्रीसम्मको बाहिरी तापक्रम रोक्ने
-युरोपियन गुणस्तर 
-यसमा स्वचालित रूपमै बिजुली कम खपत 
-नेपालमा सबै जडानमा कपर पाइप मात्र प्रयोग 
-समय–समयमा मोडेल परिवर्तन 
-एक वर्ष वारेन्टी 

बिक्रीपछिको सेवा
नेपालको सबैजसो सहरमा बिक्रीपछिको सेवा दिने गरेको छ, जसका लागि २४ वटा सर्भिस सेन्टर रहेका छन् । आवश्यक भएको स्थानमा नजिकको सर्भिस सेन्टरबाट टेक्निसियन पठाइने कम्पनीले जनाएको छ । कर्मचारी र टेक्निसियनलाई पनि कम्पनीले समय–समयमा सर्भिससम्बन्धी तालिम दिने गरेको छ । हाइसेन्सको एसीमा अहिले ०.५ प्रतिशत मात्र गुनासो छ । उपभोक्ताको यो एकदम कम हो । विभिन्न ब्रान्डको ५ प्रतिशतसम्म गुनासो आउने गरेका छन् ।